मंगलबार, वैशाख ४, २०८१

के पाकिस्तानी वैज्ञानिक अब्दुल कदीर खान संसारको सबैभन्दा खतरनाक व्यक्ति थिए ?

"उनले आफ्नो सम्पूर्ण जीवन एक अनौठो अवस्थामा बिताए, जहाँ उनी न त स्वतन्त्र थिए न कैदी नै"

मेरोन्यूज २०७८ असोज २५ गते १९:२८

यो कुरा डिसेम्बर ११, २००३ को हो। अमेरिकी गुप्तचर एजेन्सी सीआईए र बेलायती गुप्तचर एजेन्सी एमआई ६ का अधिकारीहरु लिबियामा एक गोप्य विमानमा सवार थिए, उनीहरुलाई आधा दर्जन खैरो खामको बन्डल दिइयो ।

यो टोली लिबियाका अधिकारीहरुसंग कुराकानी पछि एक गोप्य खुफिया अभियान को अन्तिम चरण मा पुग्यो । जब अधिकारीहरुले खाम खोले, सो खामभित्र परमाणु हतियारको खाका थियो। उक्त डिजाईनको खाका तयार गर्ने व्यक्तिको नाम थियो अब्दुल कादिर खान जसको ८५ औं वर्षको उमेरमा आइतबार निधन भएको छ ।

अब्दुल कादिर खान पछिल्लो पाँच दशकमा विश्वव्यापी सुरक्षा को दुनिया मा एक धेरै महत्वपूर्ण पहिचान भएका व्यक्ति हुन् । उनको कथा संसारको सबैभन्दा खतरनाक टेक्नोलोजी को लडाई को केन्द्र मा रह्यो। जसका कारण दुई पक्षहरुबिच लडाई भईरहन्छ । एक पक्ष जो यो उनको टेक्नोलोजी थियो र अर्को पक्ष जो यो टेक्नोलोजी प्राप्त गर्न चाहन्छन् ।

सीआइएका पूर्व निर्देशक जर्ज टेनेटले खानलाई ‘ओसामा बिन लादेन जस्तै खतरनाक’ रहेको संज्ञा दिएका छन्। बिन लादेन ति व्यक्ति थिए जसले सेप्टेम्बर ११, २००१ अमेरिका मा वर्ल्ड ट्रेड सेन्टरमा बम विष्फोट गराएका थिए ।

वास्तवमा, अब्दुल कादिर खान पश्चिमी जासूसहरुको दुनिया मा सबैभन्दा खतरनाक मानिसहरु को बीचमा गनिन्थे, तर उनी आफ्नो देश मा एक नायक को रूपमा परिचित थिए । यो परिचय उनको व्यक्तित्वले त देखाँउछ नै साथै उनलाई परमाणु हतियार को दुनिया को दृष्टिकोणले समेत फरक परिचय दिएको छ ।

युरोपको जागिरबाट जासुसीसम्म

१९७० को दशकमा, खान नेदरल्याण्डमा काम गर्थे। १९७१ मा भारतसँगको हारपछि पाििकस्तानले बम बनाउने कामलाई तिव्रता दिएको थियो र भारतको परमाणु प्रगतिबाट डराएको बेला खानले युरोपमै बसेर परमाणु जासूसको रुपमा काम गर्न थाले ।

खान यूरोपमा युरेनियम समृद्ध बनाउन सेफ्टिफ्युज बनाउने कम्पनीमा काम गर्थे । समृद्ध युरेनियम परमाणु ऊर्जा बनाउन को लागी प्रयोग गरिन्छ र यदि यो अत्यधिक समृद्ध छ, यो बम बनाउन को लागी पनि प्रयोग गरीन्छ।

खानले सो कम्पनीको सबैभन्दा उन्नत सेफ्टिफ्युजको को डिजाइन को नक्कल गरेर पाकिस्तान फर्किए र एउटा गोप्य सञ्जाल बनाए, जसमा युरोपेली व्यापारीहरु को एक ठूलो संख्या सहभागी थिए । उनले ती सबै मानिसहरु लाई आवश्यक प्रविधि आपूर्ति गर्न को लागी प्रयोग गरेका थिए ।

पश्चिमी देशहरुको दुस्मन

खानलाई पाकिस्तानको परमाणु बमको ‘पिता’ मानिन्छ, तर वास्तवमा उनी यसको पछाडि रहेको टोलीको प्रमुख सदस्य थिए । जसले भारत बाट खतराहरु को बिरुद्ध पाकिस्तान को सुरक्षा सुनिश्चित गरेका थिए । तर परमाणु बम बनाउने सँगै आफ्नो नेटवर्क आयात पछि निर्यात मा रूपान्तरण गरे जसकारण उनि धेरै राष्ट्रहरुसँग वैश्विक अनुहार बन्न पुगे ।

भर्खरै, ईरानको नट्राज परमाणु संयन्त्रको डिजाइन र सामग्रीको ठूलो हिस्सा, जसले विश्वव्यापी कूटनीतिमा हलचल ल्यायो, खानले प्रदान गरेका थिए । एक बैठक मा, ईरानले खानका प्रतिनिधिहरुलाई एक मेनुसँगै मुल्य सुचि दिएका थिए ।

खानले उत्तर कोरिया पनि दर्जनौं पटक भ्रमण गरेका छन्। यो मानिन्छ कि उत्तर कोरीयामा खानले मिसाइल टेक्नोलोजी मा प्रवीणता को साटो परमाणु टेक्नोलोजी को एक सम्झौता गरेका थिए । सोही सम्झौतामा धेरै रहस्यहरु छन् जसमध्यका उक्त सम्झौता खान आफैले गरिरहेको थिए या खानले सरकारको आदेशमा गरेका थिए भन्ने कुरा रहस्यमै छ ।

आफ्नो सरकारसँग निकटबाट काम गरेका खान परमाणु हतियारको बारेमा पश्चिमी देशहरुको एकाधिकार राज्य को समाप्त गर्न समेत चाहन्थे । उनि भन्थे की ‘किन केहि देशहरुलाई मात्रै परमाणु हतियार राख्ने अनुमति दिनु पर्ने र बाकी छैन ?’ उनले भनेका थिए, ‘म मूर्ख होइन । पस्चिमाहरुले मेरो बिरूद्ध निराधार र गलत आरोप लगाएर खराब बनाउछन् किनकि मैले उनीहरुको रणनीतिक योजनाहरु बर्बाद गर्दिएको छु ।’

लिबिया सम्झौता र पतनको शुरुआत

बेलायतको एमआई-६ र सिआईए ले खानलाई ट्र्याक गर्न थाले। उनको यात्रामा एमआई-६ र सिआईए ले नजर राख्दै गाये, फोन कलहरू अवरुद्ध गराएका थिए र आफ्नो नेटवर्कका सदस्यहरुलाई लाखौं डलर तिरेर एजेन्ट बनाएका थिए । सेप्टेम्बर ११, २००१ मा भएको हमला पछि, यो डर पनि बढ्यो कि यदि आतंकवादीहरुको हात र हतियार भेटियो भने आक्रमण बढ्न सक्छ । यस्तो अवस्थामा पाकिस्तानलाई खानविरुद्ध कारबाही गर्न भनिएको थियो ।

मार्च २००३ मा संयुक्त राज्य अमेरिका र बेलायतले विनाशकारी हतियारको नाममा इराकमा आक्रमण गरे। तर, त्यहाँ त्यस्तो केहि भेटिएन। लिबियाका शासक कर्नल गद्दाफीले निर्णय गरे कि ‘उनी आफ्नो परमाणु योजनाहरु बाट छुटकारा पाउन चाहन्छन् ।’

यसको लागि, उनले सीआईए र एमआई-ट लाई मद्दत गरे र उनीहरुलाई गोप्य भ्रमण गरे । प्रमाण एक खैरो खाम मा दिइएको थियो । तुरुन्तै पछि, सम्झौता को विवरण सार्वजनिक गरियो । जसकाकारण, अमेरिकाले खानको बिरूद्ध ठोस प्रमाण पायो र यसले पाकिस्तानलाई खान विरुद्ध कारबाही गर्न दबाब दिएको थियो

त्यसपछि खान नजरबन्दमा राखिए र टिभीमा स्वीकार गर्न बाध्य बनाए । त्यस पछि, उनले आफ्नो सम्पूर्ण जीवन एक अनौठो अवस्थामा बिताए, जहाँ उनी न त स्वतन्त्र थिए न कैदी नै।

(मेरोन्यूजकर्मी दया दुदराजद्वारा बीबीसी हिन्दीबाट अनुवादीत)

प्रतिक्रिया