बुधबार, वैशाख १२, २०८१

‘आईसीसी प्लेयर अफ दी मन्थ’ बने सन्दिप

मेरोन्यूज २०७८ असोज २५ गते १५:२८

काठमाडौँ । सन्दीप लामिछाने आईसीसी प्लेयर अफ दी मन्थ बनेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले भोटिङका आधारमा सन्दीपलाई सेप्टेम्बर महिनाको प्लेयर अफ दी मन्थ घोषणा गरेको हो ।

सेप्टेम्बर महिनामा गरेको प्रदर्शनका आधारमा आईसीसीको प्लेयर अफ दी मन्थको नोमिनेसनमा सन्दीपसँगै बंगलादेशका लेफ्ट आर्म अथोडक्स नासुम अहमद र अमेरिकाका हार्ड हिटिङ ब्याटर जसकरण मलहोत्रा परेका थिए ।

सन्दीपले लिग टूको त्रिकोणात्मक सिरिजमा लोभलाग्दो प्रदर्शन गरेका थिए । उनले ६ ओडीआई म्याचमा १८ विकेट लिएका थिए ।

उनले पपुवा न्यूगिनीविरुद्ध ४र३५ र ६र११ तथा ओमानविरुद्ध ४/१८ को उत्कृष्ट बलिङ गरेका थिए ।

प्रतिक्रिया