शुक्रबार, चैत १६, २०८०

सय रुपैयाँ घट्यो सुनको मूल्य

मेरोन्यूज २०७८ असोज २५ गते ११:४९

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला सय रुपैयाँ घटेर ९० हजार ६ सय रुपैयाँ कायम भएको छ । छापावाल सुन आइतबार प्रतितोला ९० हजार ७ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासंघले सार्वजनिक गरेको तथ्यांकानुसार आज तेजाबी सुन प्रतितोला ९० हजार १५० मा कारोबार हुने छ । जुन आइतबार प्रतितोला ९० हजार २५० मा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य आइतबारको तुलनामा पाँचले बढेको छ । चाँदी आइतबार प्रतितोला एक हजार १७५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया