बुधबार, वैशाख १२, २०८१

साफ च्याम्पियनसिप : नेपाल भारतसँग पराजीत

मेरोन्यूज २०७८ असोज २५ गते ६:२५

काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ मा नेपालले पहिलो हार बेहोरेको छ । आइतबार राति भएको आफ्नो तेस्रो खेलमा नेपाल भारतसँग १–० ले पराजित भएको हो ।

यसअघि लगातार दुई खेल जितेको नेपालका लागि भारतीय कप्तान सुनिल क्षेत्रीले ८२ औँ मिनेटमा गोल गरेका हुन् । नेपाल पराजित भएसँगै फाइनल पुग्ने समीकरण रोमाञ्चक बन्न पुगेको छ ।

नेपाल र माल्दिभ्ससँग समान ६ अंक छ भने भारत ५ अंक जोडेर तेस्रो स्थानमा छ । बंगलादेश ३ खेलबाट ४ अंकसहित चौथो र सबै खेल खेलिसकेको श्रीलंका बाहिरिसकेको छ ।

बुधबार नेपालले बंगलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया