शुक्रबार, चैत १६, २०८०

साफ च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध माल्दिभ्स विजयी

मेरोन्यूज २०७८ असोज २४ गते १९:५२

काठमाडौँ । साफ च्याम्पियनसिप २०२१ जारी खेलमा घरेलु टोली माल्दिभ्सले दोस्रो जित निकालेको छ । दोस्रो जित हात पार्दै माल्दिभ्स फाइनल पुग्ने दाबेदार टोलीका रुपमा हेरिएको छ ।

आइतबार भएको खेलमा माल्दिभ्सले श्रीलंकालाई १-० ले हराएको हो । माल्दिभ्सको जितमा अलि अस्फाकले एक मात्र निर्णायक गोल गरेका थिए । खेलको छैटौँ मिनेटमा नै उनले गोल गरेका हुन् ।

पहिलो खेलमा नेपालसँग पराजित माल्दिभ्सले बंगलादेशलाई पराजित गर्दै खेलमा फर्किने कोशिस गरेको थियो । माल्दिभ्सले ३ खेलमा दुई जित निकाल्दै ६ अंक जोडेको छ । नेपालले लगातार दुई खेलमा जित निकाल्दै ६ अंक जोडिसकेको छ ।

आजै नेपाल र भारतबीच खेल हुँदैछ । खेल राति ९:४५ बजे सुरु हुने छ । यस खेलमा नेपालले जित निकाले नेपाल एक खेलअघि नै फाइनल पुग्ने छ ।

Advertisement

प्रतिक्रिया