शुक्रबार, चैत १६, २०८०

साफ च्याम्पियनसिप फुटबल : आज नेपालले भारतसँग खेल्दै

मेरोन्यूज २०७८ असोज २४ गते ७:२४

काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले भारतसँग खेल्दैछ । खेल नेपाली समयअनुसार राति पौने १० बजे माल्दिभ्समा हुनेछ ।

यसअघिका दुई खेल जितेको नेपाल ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १–० ले र दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले हराएको थियो । लगातारको दुई जितले नेपाल फाइनल नजिक छ । दुई खेलमा बराबरी खेलेको भारत २ अंकसहित चौथो स्थानमा छ ।

भारतलाई फाइनल पुग्न अबका बाँकी दुई खेल जित्नै पर्ने दबाब छ । भारतसँगको खेलअघि बोल्दै नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालले भारतसँग जित्नकै लागि खेल्ने बताएका छन् ।

यस्तै कप्तान किरण चेम्जोङले साफ च्याम्पियनसिप जित्ने भारतसँगको खेल महत्त्वपूर्ण रहेको बताएका छन् । भारतले साफ सात पटक जितेको छ ।

नेपाल र भारत अहिलेसम्म २१ खेल खेलेकोमा भारतले १४ खेल जितेको छ भने नेपालले दुई खेल जितेको छ । यस्तै ५ खेल बराबरीमा रोकिएका थिए ।

Advertisement

प्रतिक्रिया