शुक्रबार, चैत १६, २०८०

‘अपराधी जेलबाट छुट्दा स्वागत गर्ने सरकार देशको गहनाको सम्मान गर्न कञ्जुस गर्छ’

मेरोन्यूज २०७८ असोज २३ गते २२:२७

काठमाडौँ । जर्मनीमा भएको चेम्निज ओपन कराते च्याम्पियनसिपमा पदक जितेका खेलाडी मन्देकाजी श्रेष्ठ र मुकुन्द्र महर्जन स्वदेश फिर्ता भएका छन् ।

अक्टोबर २ गते भएको प्रतियोगितामा श्रेष्ठले दोहोरो स्वर्ण पदक जितेका थिए भने महर्जनले १ स्वर्ण र १ कांस्य पदक जितेका थिए ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्की बोर्ड सदस्य इन्दिरा निरौलालगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । खेलाडीलाई स्वागत गर्दै उनले भनिन्, ‘खेलाडी भनेको देशको गहना हो, एउटा अपराधी जेलबाट छुट्दा स्वागत गर्ने सरकारले देशको गहना अर्थात खेलाडीको सम्मान गर्न कञ्जुस गरेको देखेको छु, यस्तो गर्नु हुँदैन ।’

प्रतियोगितामा सहभागी अर्का नेपाली खेलाडी सुमन तिमल्सिना यसअघिनै स्वदेश फर्किसकेका छन् । सुमनले पनि १ स्वर्ण र १ कांस्य हात पारेका थिए ।

नेपाल फर्किएपछि खेलाडीहरूले आफूहरूले देशका लागि खेल्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका थिए ।

Advertisement

प्रतिक्रिया