शनिबार, वैशाख ८, २०८१

आयुर्वेद शिक्षाका लागि नेपाल विश्वको हावर्ड विश्वविद्यालय बन्न सक्छ

- डा.निर्मल भुसाल २०७८ असोज २३ गते १७:५५

पर्वतमा जन्मिएका डा.निर्मल भुसालले नेपालमा स्कुल र प्लस टु अध्ययनपछि छात्रबृत्ति पाएर भारत जाने मौका पाए । बिएएमएस, एमडि छात्रबृत्तिमै पढेका भुसालले भारतबाटै विद्यावारिधी गरे । उनले राष्ट्रिय आयुर्बेद संस्थानबाट आयुर्वेदको पञ्चकर्ममा विद्यावारिधी हासिल गरेका छन् । अध्ययन सकेर नेपाल फर्किएका उनले राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा काम गरे । हाल त्रिवि आयुर्वेद क्याम्पस, किर्तिपुरमा उप–प्राध्यापक रुपमा कार्यरत भुसाल आयुर्वेद चिकित्सा परिषदको रजिस्ट्रारको पनि जिम्मेवारी सम्हालिरहेका छन् । लामो समयदेखी आयुर्वेद क्षेत्रमै क्रियाशिल भुसालसँग मेरो न्युजका लागि नरेन्द्र रौलेले गरेको कुराकानी :-


खासमा आयुर्वेद कस्तो प्रकारको विज्ञान हो ?


आयुको विज्ञान हो, आयुर्वेद । यसले जन्मदेखी मृत्युसम्म रोगको चिकित्सा गर्छ । यो परम्परा, विधी सदियौं वर्षदेखी चलि आएको छ । अरु उपचार विधी रोगी र रोगको उपचारमा केन्द्रित हुन्छन् । तर, आयुर्वेदको उद्देश्य भनेको रोग लाग्नै नदिनु भन्ने हो । यो एक विशुद्ध विज्ञान हो ।


यति महत्वको विषय भएर पनि किन आयुर्वेद ओझेलमा पर्दै ग¥यो ?


प्राचिन काल, मध्य युग, आधुनिक कालसम्म आई पुग्दा आयुर्वेदले विभिन्न चरणहरु पार गर्दै गयो । उहिले–उहिले गुरुकुलमा आयुर्वेदबारे पढाई हुन्थ्यो । पछि त्यो परम्परा हराउँदै गयो । पढाईमा कमी हुँदै गयो । हाम्रो संस्कृतिमाथि अन्य संस्कृतिबाट आक्रमण भयो । भारतवर्षमा पर्ने तक्षशिला एकेडिमी, नालन्दा जस्ता विश्वविद्यालयहरूमा आक्रमण गरियो । हाम्रा पुस्तकहरु जलाईयो । मध्य युगमा पश्चिमा, मुगलहरू त्यस्तो खालका गतिबिधीमा संलग्न थिए ।


त्यसैगरी मानिसहरुको सोच, जीवनशैलीमा पनि परिवर्तन भयो । केमिकल प्रयोग गरिएका औषधीले बजार ओगट्दै गयो । त्यसमा लगानी, अनुसन्धान पनि बढ्यो । तर, आयुर्वेदलाई मानिसहरुले भुल्दै गए । यसबारे खोज, अनुसन्धान भएन । सरकार र शासक वर्गको प्राथमिकतामा आयुर्वेद परेन । बरु सधैँ उपेक्षामा प¥यो । अहिलेको परिस्थीति हेर्दा केही कमजोरी महसुस भएको छ । रैथाने विज्ञानमा विश्वको आँखा गएको छ । स्वास्थ्यप्रति मानिसहरु जागरुक भएका छन् । अन्तर्राष्ट्रिय बजारमा आयुर्वेदको माग बढ्न थालेको छ । हामीले केही पुर्वाधारहरु तयार गर्ने हो भने नेपाल बाहिरका देशहरुबाट पनि विद्यार्थीहरु यहाँ अध्ययनका लागि आऊछन् ।


आयुर्वेद शिक्षाको महत्व के छ ? नेपालमा यसको पढाई कत्तिको महंगो छ ?


नेपालकै पहिलो प्राविधिक शिक्षा भनेकै आयुर्वेद हो । अहिले नेपाल संस्कृत विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र केही निजी कलेजहरुमा पनि यसको पढाई भईरहेको छ । आयुर्वेदमा प्लस टु पछि साढे ५ वर्षे कोर्ष हुन्छ । साढे ४ वर्ष कोर्षको पढाई हुन्छ भने एक वर्ष इन्टर्न गर्नुपर्छ । एमबिबिएसको पढाई भन्दा सस्तो हुन्छ । १० देखि १५ लाख रुपैंयाँ खर्च लाग्छ । चिकित्सा शिक्षा छात्रबृत्तिका लागि कोटा निर्धारण गरेको छ । ७५ प्रतिशत छात्रबृत्ति छुट्याइएको हुन्छ । जसले आयुर्वेदबारे बुझेका छन्, उनीहरु आफ्नो सुन्दर भविष्य देखेर यस क्षेत्रमा आएका छन् । तर, ठूलो संख्यामा आकषर्ण भने देखिदैन । धेरै प्रचार–प्रसार भएको देखिदैन ।


तुलनात्मक रुपमा आयुर्वेद उपचार कत्तिको खर्चिलो छ ?


आयुर्वेद उपचार स्थानिय स्तरमा पाईने जडिबुटिका आधारमा गरिने भएकाले त्यति महंगो त हुँदैन । रैथाने चिकित्सा पद्दति भएकाले यो त्यति महंगो पर्दैन । हाम्रोमा उपलब्ध स्रोत, साधनको उपयोग गर्न सकिन्छ । गरिब र कम आयस्रोत हुनेहरुका लागि पनि आयुर्वेद उपचार पद्दति सहज छ । त्यति धेरै खर्चिलो छैन ।


आयुर्वेदको महत्वलाई बढावा दिन सरकारले के–कस्तो पहल गरेको पाउनु हुन्छ ?


विस्तारै पहल भईरहेको देखिन्छ । ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ नारा बोकेर ठाउँ–ठाउँमा नागरिक आरोग्य केन्द्र स्थापना भईरहेका छन् । देशभरी स्वास्थ्य केन्द्र र औषधालयहरु छन् । यि भनेका सेवा केन्द्र हुन् । भारतको केरलामा त्यहाँको सरकारले आयुर्वेद चिकित्सक एवम् आयुर्वेद स्वास्थ्य संस्था स्थापना गर्न सफ्ट लोन दिने गर्छ । नेपालमा पनि त्यस्तै प्रकारको स्किम ल्याउन जरुरी छ । सरकारले दिएको नारा, आवाज, नीतिमा सिमित छ । तर, वास्तविकतामा भने लागु भईसकेको छैन । जति प्रगति हुनु पर्ने हो त्यति भएको छैन । नयाँलाई त्यति धेरै अवसरहरु छैनन् ।

आम मानिसहरुमाझ आयुर्वेद उपचार पद्दतीलाई कसरी सहज रुपमा पु¥याउने ?


हामीले सबैभन्दा पहिला त जनताको विश्वास जित्नुप¥यो । हामीले दिने सेवाको गुणस्तर, यसको दायरालाई फैलाएर सर्वसाधारणको मन जित्ने हो । आयुर्वेद अस्पताल, सरकारी निकायमा योग्य जनशक्तिलाई काम दिनुप¥यो । सबै स्थानिय तह, प्रदेश र केन्द्रमा अध्ययन गरेका, आयुर्वेदको महत्वलाई बुझाउन सक्ने जनशक्तिको व्यापक परिचालन गरिनुपर्छ ।

आयुर्वेदका क्षेत्रमा नेपालले कसरी फाइदा लिन सक्छ ? त्यसको सम्भाबना के छ ?


नेपालमा मेडिकल टुरिजमको अथाह सम्भाबना छ । नेपाल यस्तो देश हो, जहाँ ६ वटा ऋतुहरु छन् । अन्य देशमा यति लोभ लाग्दो मौसम पाइदैन । कतै एकदम चिसो, कतै एकदम गर्मी मौसम हुन्छ । तर, नेपालमा ऋतु अनुसारका फरक मौसम छन् । जसरी गाडीलाई सर्भिसिङ गरिन्छ, त्यसरी नै शरीरको पनि सर्भिसिङ गर्नुपर्छ । आयुर्वेदमा शरीर शुद्धिकरण गर्ने विधीलाई पञ्चकर्म भनिन्छ जसबाट बडी डिटोक्सीफिकेसन गरिन्छ । त्यसका लागि अहिलेको सिजन एकदमै उपयुक्त मानिन्छ । शरद ऋतुमा विरेचन गरिन्छ । बसन्तमा वमन गराउन सकिन्छ । हरेक ऋतुमा शरीरको सफाइका लागि आफ्नै विधी छन् । त्यसका लागि नेपाल उपयुक्त देश हो ।


यस्तै आयुर्वेद शिक्षाका लागि नेपालमा धेरै सम्भाबना छ । यहाँको जस्तो बायोडाइभर्सिटी अन्त पाइदैन । अहिले संसारका प्रख्यात विश्वविद्यालयहरु नेपालमा अनुसन्धान गर्न चाहन्छन् । आयुर्वेद शिक्षाका लागि नेपाल विश्वको हावर्ड विश्वविद्यालय बन्न सक्छ । नेपालका पुस्तकालयमा संस्कृतमा लेखिएका आयुर्वेदका राम्रा पुस्तकहरु छन् । तिनलाई अनुवाद गर्ने विज्ञको कमी छ ।


आयुर्वेदलाई हामीले फैलाउन सक्नुपर्छ । हामी राम्रो व्यापार गर्न सक्छौं । नेपालमा उपचारका लागि आएका विदेशीहरु केही समय घुमफिर गर्छन् । लामो समय सम्म बस्छन् । यसले गर्दा हामीले ठूलो परिमाणमा पर्यटक र विदेसी विद्यार्थी भित्र्याउँन सक्छौं ।

आयुर्वेद क्षेत्रमा सरकारले के के पहल गरेको छ ?

नेपाल सरकारले विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना कार्य अगाडि बढाएको छ ।

प्रतिक्रिया