आइतबार, जेठ ६, २०८१

‘हातको शल्यक्रियामा हाडजोर्नी र प्लास्टिक सर्जनको ज्ञान आवश्यक पर्छ’

डा. शिलु श्रेष्ठ २०७८ असोज २३ गते १०:१२

काठमाडौं । हात मानव जीवनको महत्वपूर्ण अंग हो । यदि, हातमा ठूलो चोटपटक लागेमा अर्थोपेडिक हाडजोर्नी र प्लास्टिक सर्जन दुवैको ज्ञान र सीप आवश्यक भएका चिकित्सकबाट उपचार गराउनु पर्छ । यसमा थप उपचार होइन, पुनःसंरचना हुन्छ ।

Advertisement

यसका लागि दुवै विशेषज्ञको ज्ञान हुनु पर्छ । हातमा चोटपटक लाग्यो भने पेसाबाट विस्थापित हुनु पर्ने अवस्था आउन सक्छ । यस्ता बिरामीलाई ह्यान्ड सर्जनको उपचारबाट सामान्य अवस्थामा फर्काउने वा सकेसम्म पहिलेको पेसामा फर्काउने तहको उपचार हुन्छ ।

काम गर्ने हातले हो । हाम्रो जस्तो देशमा काम गर्ने सिलसिलामा धेरै चोटपटक लाग्न सक्छ । यसलाई ह्यान्ड एन्ड रिकन्सट्रक्सन अर्थोपेडिक सर्जरी पनि भनिन्छ ।

नेपालमा ह्यान्ड सर्जनहरु निकै कम छन् । नेपालमा ह्यान्ड सर्जनको बारेमा राम्रो जानकारी छैन । हातका समस्या लिएर ह्यान्ड सर्जन भएको ठाउँमा आउने बिरामीहरु कमै हुन्छन् । ह्यान्ड सर्जन के हो भनेर धेरैलाई अन्योल देखिएको छ ।

जन्मजात ६ वटा औँला भएमा, औँलाहरू मोटो–मोटो हुने, औँलाहरू बांगोटिंगो हुने, चोट लाग्दा पनि उपचार नगरी बस्ने समस्या पनि हुन्छ ।

अर्को सेरेब्रलपल्सी (जन्मजातै मष्तिष्कमा चोट लागेको) अवस्थामा हातहरू कडा हुन्छन् । हड्डीको ट्युमर, हातमा आउने डल्लो, गाँठो, रगतको नसामा आउने समस्या, गर्धनको नसा चुँडिएमा शल्यक्रिया गरिन्छ ।

उमेर पुग्दै गएपछि हड्डीहरु खिएर जान्छ । अन्य विधामा जसरी नै हामीले यसको पनि विधा छुट्याउने गरेका हुन्छौँ । चोटपटक लागेर वा हातको औला काटिएर आउने र आकस्मिक कक्षमा आउने गरेका छन् । दुर्घटना भए घाँटीबाट हातसम्मका नसा चुडिन्छ । पहिला पहिला यस्तो शल्यक्रिया गरिदैन थियो । अहिले गर्न थालिएको छ ।

थप भिडियोमा,

(राष्ट्रिय ट्रमा सेन्टरकी ह्यान्ड सर्जन डा. श्रेष्ठसँग गरिएको कुराकानीमा आधारित, फोटो भिडियो : जुलीगिरी)

प्रतिक्रिया