शनिबार, वैशाख ८, २०८१

उपत्यकामा ७४ प्रतिशतले लगाए कोरोनाविरुद्ध खोप

मेरोन्यूज २०७८ असोज २२ गते १७:४६

काठमाडौँ । नेपालमा कोरोना भाइरसविरुद्धको खोप लक्ष्यअनुसार लगाइएको छ । असोज मसान्तमा कूल जनसंख्याको ३३ प्रतिशतलाई खोप लगाउने लक्ष्यअनुसार हालसम्मको तथ्यांकअनुसार खोप लगाइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले देशभर पहिलो मात्रा ४० प्रतिशत र पूर्णमात्रा ३२ प्रतिशतलाई लगाइएको छ । उनका अनुसार पहिलो मात्रा ८७ लाख दुई हजार ७०५ र पूर्ण मात्रा ६९ लाख ६२ हजार १६४ जनालाई खोप लगाइएको छ । अठार वर्ष भन्दामाथिका दुई करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप लगाउने सरकारको लक्ष्य छ ।

यस्तै, काठमाडौँ उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा पहिलो मात्रा ८१ प्रतिशत र पूर्णमात्रा ७४ प्रतिशतलाई लगाइएको छ । सहप्रवक्ता डा. अधिकारीका अनुसार १७ लाख ४५ हजार ५७० जना र पूर्णमात्रा १७ लाख ७९ हजार ८९७ जनालाई लगाइएको छ । उपत्यकामा १८ वर्षमाथिका २१ लाख २९ हजार ७७३ जना रहेका छन् ।

प्रतिक्रिया