आइतबार, जेठ ६, २०८१

प्रदेश १ मा १२६ जनामा कोरोना पुष्टि

मेरोन्यूज २०७८ असोज २१ गते २०:५३

काठमाडौँ । पछिल्लो समयमा प्रदेश १ मा कोरोना संक्रमण दर घट्दो अवस्थामा देखिएको छ । विगत २४ घण्टामा ५१९ जनाको पीसीआर परीक्षण गर्दा ९० र २५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३६ गरी कूल १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

सामाजिक विकास मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ४०, मोरङमा २६, सुनसरीमा १३, धनकुटामा पाँच, इलाममा दुई र प्रदेश बाहिरका चार जनामा संक्रमण देखिएको हो ।

प्रदेशमा आजै १४४ जना महिलासहित २६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट एक महिला र एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया