बिहीबार, वैशाख १३, २०८१

एमाले नेता जोशी एकीकृत समाजवादीमा प्रवेश

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री भानुभक्त जोशी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । आज आयोजित कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जोशीलाई स्वागत गर्दै एमाले नेतृत्व श्वेच्छाचारी भएका कारण उक्त पार्टीबाट विद्रोह गरी यो पार्टी स्थापना गरिएको बताएका थिए ।

उनले जोशीलाई स्थायी कमिटी सदस्यमा मनोनित गर्न बैठकमा प्रस्ताव गरिने प्रतिबद्धता व्यक्त गरे । पूर्व प्रधानमन्त्री नेपालले आफ्नो पार्टीले लोकतन्त्र र संविधानको रक्षा गरी क्रान्तिकारी धारलाई सशक्तरुपमा अगाडि बढाउने बताए ।

उनले मुलुकको विकास र समृद्धिका लागि समाजवाद स्थापना गर्नु पर्नेमा जोड दिएका थिए । पार्टीको स्थायी कमिटीको सातौँ बैठक आज बस्दै छ ।

प्रतिक्रिया