आइतबार, जेठ ६, २०८१

आजको राशिफल : आश्विन २१ गते बिहीबार

ज्यो. दिवाकर पन्त २०७८ असोज २१ गते ६:०४

आज २०७८ साल आश्विन महिनाको २१ गते बिहीबार, आश्विन शुक्लपक्षको प्रतिपदा तिथि । आजदेखि नवरात्र यानेकी दूर्गा पक्ष आरम्भ भएको छ । आज घटस्थापना रहेको छ त्यसैले घरघरमा आजका दिन देवी स्थापना गरि पूजा आरम्भ गर्ने र जमरा राख्ने गरिन्छ ।

Advertisement

मेष
भाग्यको बलियो साथ रहेकाले समय अनुकुल बन्नेछ । साझेदारीमा भएका कार्यहरु सकारात्मक बन्ने छन् । ब्यापारमा सँलग्नहरुको आम्दानीमा बृद्धि हुने छ । परिवारको साथले गर्दा उत्साह थपिने छ । तर रिस नियन्त्रणमा ध्यान दिनु होला ।

वृष
पेशागत जिम्मेबारीमा छोटोछोटो यात्रामा निस्कनु पर्ने हुन सक्छ । रिस कडा हुने भएकाले नियन्त्रणमा ध्यान दिनुहोला । मनमा दुविधाले सताउने छ । पेशा, ब्यवसाय तथा कार्यालय सम्बन्धि विषयमा संयमित भएर पाइला चाल्नु पर्ने समय रहेको छ । श्रम सम्बन्धी समस्या झेल्नु पर्ने छ ।

मिथुन
प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने हुँदा कठिनाईहरुसँग जुध्न शक्ति प्राप्त हुने छ । चलाख व्यक्तित्व बन्ने छ । पेशागत जीवनमा थप जिम्मेबारी निभाउनु पर्ने हुन्छ । आफु भन्दा माथिल्ला नेतृत्वले विश्वास गर्ने छन् ।साथिभाइको साथका कारण अनुकुलता थपिने छ ।

कर्कट
भाग्य बलियो रहेको छ । तर मनमा निराश हुनेछ । खर्च धेरै हुने तर आम्दानीमा सीमितता उत्पन्न हुने छ । साझेदारीमा गरिएका काममा विवादका क्रम देखा पर्ने छन् । पेशागत र ब्यापार ब्यवसायमा केही सकारात्मक नतिताहरु प्राप्त हुने छन् । शारीरिक रुपमा कमजोरीहरु देखा पर्ने हुँदा उमङ्गको कमि हुने छ ।

सिंह
प्राज्ञिक क्षेत्रमा आवद्धहरुलाई समय शुभ रहेकाले लाभ मिल्ने छ । धर्म अध्यात्म प्रति लगाव बढ्ने छ । पेशागत जीवन सन्तुलित हुने छ । आम्दानीमा पनि बृद्धि हुने हुँदा उत्साह प्राप्त हुनेछ । धार्मिक क्षेत्रका वस्तुहरुको कारोवारमा रहेकाहरुलाई लाभ मिल्ने छ ।

कन्या
आम्दानी र खर्चका बीच सन्तुलन कायम नहुँदा कठिनाई उत्पन्न हुनेछ । धन सम्पत्तिमा नोक्सानी हुने चुनौतिपूर्ण समय रहेकाले सतर्कता अपनाउनु होला । बोलीको प्रभाव कमजोर हुन पुग्ने छ । पेशागत जीवन औसत खालको हुनेछ । खर्च धेरै हुने वा गर्नु पर्ने बाध्यात्मक परिस्थिति आइलाग्ने छ ।

तुला
प्रभावकारी बाणिका कारण अरुको मन जित्न सकिने छ । आम्दानीमा सोचे जस्तो बृद्धि नभए पनि निराशाजनक पनि हुने छैन् । ब्यापार ब्यवसायमा आवद्धहरुलाई फाइदा मिल्ने छ । सेवा क्षेत्रमा रहेकाहरुको हकमा पनि गरेको कार्यको उच्च मुल्यांकन हुने र कदर हुने छ । थप जिम्मेबारी प्राप्त हुने छ ।

वृश्चिक
आम्दानीमा बृद्धि हुने छ । धन तथा पैतृक सम्पत्तिका विषयमा परिवारमा किचलो र द्वन्द देखिने छ । पेशागत जीवन सकारात्मक रहने छ । तरल पदार्थको कारोवारमा आवद्धहरुलाई फाइदा मिल्ने छ । साझेदारीमा गरिएका कामहरुमा कठिनाई देखा पर्ने छ ।

धनु
पेशागत जीवन तथा ब्यापार ब्यवसायमा कठिनाईहरुको सामना गर्नु पर्ने समय रहेकाले धैर्य भएर पाइला चाल्नु होला । साझेदारीमा गरिएका कामहरुमा पनि द्वन्दात्मक क्रम देखा पर्नेछ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने र लचक प्रकृतिको व्यक्तित्व हुने छ ।

मकर
परिवारको बलियो साथ रहने हुँदा आँट र भरोसा मिल्ने छ । तर ब्यक्तित्व भने कमजोर खालको हुने छ । रोजगारीमा रहेकाहरुले थप जिम्मेवारी पाउने छन् । जोखिमपूर्ण क्षेत्रहरुमा आवद्धहरुलाई फाइदा मिल्ने जाने छ । साझेदारीमा गरिएका कामहरुबाट लाभ मिल्ने छ । व्यावसायमा आवद्धहरुलाई समय औसत प्रकृतिको रहने छ ।

कुम्भ
व्यक्तित्वमा दृढता बृद्धि हुने छ । मनमा घमण्डिपनाको मात्रा धेरै बढ्न पुग्ने भएकाले संयमित रहनु नै बुद्धिमानी हुनेछ । प्रतिष्पर्धात्मक क्षमता बलियो रहने छ । पेशागत जीवन तथा ब्यावसायिक जीवनमा कठिनाईको सामना गर्नु पर्ने हुन्छ । आम्दानी भन्दा खर्चको मात्रा धेरै हुने विषयले सताउने छ ।

मीन
भाग्यको बलियो साथ रहेकाले उन्नति प्रगति हुने छ । पेशागत जीवन सकारात्मक हुनेछ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने हुँदा प्रतिष्पर्धिहरु टिक्ने छैनन् । धन धान्य तथा सम्पत्तिमा केही बृद्धि हुनेछ । आम्दानीमा केही बृद्धि हुने छ भने खर्चको मात्रा पनि बढ्न पुग्ने छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया