आइतबार, जेठ ६, २०८१

कांग्रेस महामन्त्री खड्काको स्वास्थ्य अवस्था स्थिर

मेरोन्यूज २०७८ असोज २० गते १८:५१

काठमाडौं । कोरोना संक्रमित नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।

पूर्व गृहमन्त्रीसमेत रहेका खड्का गत असोज १२ गते कोरोना संक्रमित भई सशस्त्र प्रहरी बलको नेपाल एपीएफ अस्पताल बलम्बुमा भर्ना भएका थिए ।

कोभिड १९ निमोनियाको लागि उपचाररत खड्काको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख रहेको अस्पतालका चिकित्सक सशस्त्र प्रहरी उपरीक्षक डा.प्रविन नेपालले बुधबार विज्ञप्तिमार्फत जनाएका छन् ।

Advertisement

प्रतिक्रिया