आइतबार, जेठ ६, २०८१

थप एक हजार ४३ जनामा कोरोना, १२ जनाको मृत्यु

मेरोन्यूज २०७८ असोज २० गते १७:३९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१५ हजार ४ सय ६५ जनामा नमुना परीक्षण गर्दा एक हजार ४३ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंमा ३४४, ललितपुरमा ६१ र भक्तपुरमा ३५ जना गरी उपत्यकामा ४४० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा देशभरबाट ८९१ जना कोरोनामुक्त भएका छन् ।

मन्त्रालयकाअनुसार देशभर १६१९४ जना सक्रिय संक्रमित रहेका छन् ।

Advertisement

प्रतिक्रिया