आइतबार, जेठ ६, २०८१

आजको राशिफल : आश्विन २० गते बुधबार

ज्यो. दिवाकर पन्त २०७८ असोज २० गते ६:११

आज २०७८ साल आश्विन महिनाको २० गते बुधबार, आश्विन कृष्णपक्षको अमावश्य तिथि । आज सोह्रश्राद्धअन्तर्गत औसीश्राद्ध रहेको छ । आज पितृ विसर्जन गरिने दिन तथा आजदेखि सोह्रश्राद्ध समाप्ति भएको छ ।

Advertisement

मेष
आम्दानीमा हुने बृद्धिले व्यक्तित्वमा मद्धत पु¥याउने छ तर मनोबल भने कमजोर नै रहने छ । साझेदारीमा गरिएका क्षेत्रबाट लाभ मिल्ने छ । डान्स बार, बाउन्सर, होटल, रेष्टुरेण्ट, सेक्युरिटी सर्भिस, सुरक्षा निकाय जस्ता क्षेत्रमा आवद्धहरुलाई समय अनुकुल रहने छैन् ।

वृष
दृढताको अभाव हुने भएकाले जुध्नु पर्ने स्थानमा पनि जुध्न नसक्ने हुँदा अरुले हेप्ने छन् । मनमा निराशाका क्रमले छोड्ने छैन् । पेशागत जीवनमा संघर्ष गर्नु पर्ने हुन्छ । मेहनत र पराक्रमी स्वाभाव कायम रहँदा अवश्य केही राहत दिने छ ।

मिथुन
आम्दानीमा हुने बृद्धिले भाग्यको अभिवृद्धि हुनेछ । मनमा आफु भाग्यमानी भएको लागि रहँदा उत्साह र उमङ्ग कायम रहने छ । बोली प्रभावकारी हुने छ । पेशागत जीवन स्थिर रहने छ । आयात निर्यात, पानीको व्यापार, चिसो पेय पदार्थ, दुग्ध पदार्थ आदीको कारावारमा आवद्धहरुलाई आर्थिक फाइदा मिल्ने छ । साझेदारीमा गरिएका क्षेत्रमा भने बिबाद कायम रहने छ ।

कर्कट
प्रभावकारी बोलीका कारण अरुको विश्वास आर्जन गर्न सकिने छ । अरुले पनि तपाईबाट सहज अनुभूति गर्ने छन् । तर बेलाबेला अनपेक्षित रिसको मात्रा देखा पर्ने भएकाले यसको असर पारीवारिक जीवनमा देखा पर्ने छ । पेशागत क्षेत्र सहज र सकारात्मक हुने छ । शिक्षा क्षेत्र, स्टेसनरी, अध्ययन अध्यापन, शिक्षण, उद्योग कलकारखाना, सवारीसाधन आदी क्षेत्रमा आवद्धहरुलाई अनुकुल देखिन्छ ।

सिंह
परिवारमा उत्साहपूर्ण वातावरण बन्ने छ । यात्रारत रहनु पर्ने छ । आम्दानीमा बृद्धि कायम रहने छ । प्रभावकारी बोली हुने हुँदा चाहेका कामहरुमा सकारात्मक वातावरण बन्ने छ । उद्योग कलकारखाना, सार्वजनिक यातायात, ढुवानी साधन, ठेक्कापट्टा, पत्रकारिता, मार्केटिङ्ग जस्ता क्षेत्रमा आवद्धहरुलाई अनुकुल रहने छ ।

कन्या
अरुको मन जित्न सकिने छ । पेशागत क्षेत्र अनुकुल भएता पनि भाग्यहिनताका कारण धेरै मेहनतपछि मात्र सफलता प्राप्त हुने छ । दृढ खालको व्यक्तित्व हुने छ भने बोलीको प्रभावकारीतामा बृद्धि हुने छ । आफ्नो अनुकुलताका लागि कहाँ के कसरी व्यावहार गर्ने भन्ने शिप हुने छ ।

तुला
कर्मशिल स्वाभाव भएता पनि अरुले त्यसको पहिचान र कदर कम नै गर्ने छन् । पेशागत जीवनमा उतारचढावको सामना गर्नुपर्ने देखिन्छ । भाग्यको साथ रहेको छ । बोलीको प्रभाव कायम रहने छ । वाहनको कारोवार, फेसनेवल सामग्रीको व्यापार, ठेक्कापट्टा आदी जस्ता क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ ।

वृश्चिक
भाग्यले साथ दिएको छ । पेशागत जीवन सहज रहने छ भने आम्दानीमा पनि बृद्धि हुने छ । सामान्यतया नरमखालको बोली भएता पनि बेला बेला अरुले कल्पना नै नगरेको जस्तो कटु बाणि आउने भएकाले ध्यान दिनु होला । ढुवानीका सावारीसाधन, सार्वजनिक सवारीसाधन, उद्योग कलकारखाना, श्रम क्षेत्र, ठेक्कापट्टा आदीमा रहेकाहरुलाई अनुकुल रहने छ ।

धनु
प्रतिष्पर्धात्मक क्षमतामा केही गिरावट आउँदा पेशागत जीवनमा असर पार्ने छ । परिवारमा किचलो देखिन जाने छ । मन दृढ हुने हुँदा सानासाना विषयमा मनमा पिर र चिन्ता आउने छैन् । बौद्धिक क्षमता र बौद्धिक स्तरमा उच्च व्यक्तित्व बन्ने छ । होटल, रेष्टुरेण्ट, जलविद्युत क्षेत्र, सवारीसाधनका शो रुम आदीमा आवद्धहरुलाई समय अनुकुल रहने छ ।

मकर
भित्रि बुद्धि पनि चलायमान हुने छ भने मन स्थिर रहँदारहँदै पनि बेलाबेला अनपेक्षित उदासिनता देखा पर्न जाने छ । पेशागत जीवन सकारात्मक रहने छ । दृढ र दह्रो स्वाभाव भएको व्यक्तित्व हुने हुँदा अरुले हेप्ने छैनन् । रिस नियन्त्रण गर्ने बारेमा भने चनाखो बन्नु होला । दाम्पत्य जीवन बादबिबादले भरिएको हुने छ ।

कुम्भ
पारीवारिक सुख प्राप्त हुनेछ । मनोबल र शारीरिक अवस्था कमजोर बन्ने छ । साथिभाइको सहायता मिल्ने छ । पेशागत क्षेत्र सकारात्मक रहने छ । बोलीमा कडापन आउँदा यसले तपाईप्रतिको सकारात्मक धारणामा कमि ल्याउने छ । पत्रकारिता, वकालत, न्याय क्षेत्र, पत्रकारिता, मार्केटिङ्ग, स्टेसनरी, शिक्षा क्षेत्र आदीमा आवद्धहरुलाई समय शुभ रहेको छ ।

मीन
आफ्नो लक्ष्य, सपना र उद्देश्य प्राप्तिका लागि केन्द्रीत रहिरहने व्यक्तित्व रहने छ । भाग्यको साथ नरहेकाले सोचेका कुराहरु प्राप्तिमा अलि बढि संघर्ष गर्नु पर्ने हुन्छ । पेशागत जीवनमा कठिनाई र द्वन्द आउने छ । आम्दानी सोचे जस्तो बृद्धि हुने छैन् तर केही सकारात्मक नै बन्ने छ । घर घडेरी, वाहन, होटल, रेष्टुरेण्ट आदी बिक्रि गर्नुपर्ने अवस्था आउने चुनौति रहेको छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया