शुक्रबार, वैशाख १४, २०८१

एनआरएनएको अध्यक्षमा बद्री केसीको उम्मेदवारी घोषणा

मेरोन्यूज २०७८ असोज १९ गते १९:३५

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा. बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् ।

मंगलबार काठमाडौंमा कार्यक्रम गरी आफ्नो प्रतिवद्धतासहित अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् ।

एनआरएनएको वर्तमान कार्यसमितिको उपाध्यक्ष रहेका केसीले संस्थालाई अझ उचाइमा पुर्याउन आफूले सशक्त ढंगले लाग्ने प्रतिवद्धता जनाएका छन् ।

एनआरएनएले वैदेशिक रोजगारसम्बन्धी समस्या समाधानका लागि सरकारसँगको साझेदारीमा नीति निर्माणमा उल्लेख्य काम गरेको पनि उनले दाबी गरेका छन् ।

यसअघि गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष कुल आचार्यले एनआरएनएको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया