आइतबार, जेठ ६, २०८१

कपिलवस्तुको कृष्णनगरमा झाडापखालाको प्रकोप फैलियो

झाडापखालाबाट दुईको मृत्यु, दुई सय जना डिस्चार्ज

मेरोन्यूज २०७८ असोज १९ गते १८:३४

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडापखालाको प्रकोप देखिएको छ । वडा न.७, ८ र ९ नम्बर वडाका २ सय ७८ जना झाडापखालाका बिरामी अस्पताल भर्ना भएका छन् ।

झाडापखालाबाट अहिलेसम्म दुई जनाको मृत्यु भएको छ भने २ सय जना उपचारपछि घर फर्किएका छन् ।

कृष्णनगर नगरपालिका वडा न. ९ का पाँच वर्षीय राज काश्यप र कृष्णनगर ८ का ४० वर्षीय रामप्रसाद केवट (बब्लु) को स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले जानकारी दिए ।

स्थानीय अस्पतालले बिरामी थेग्न नसकेपछि शिवराज अस्पतालमा समेत बिरामी आउन थालेको स्थानीयले बताएका छन् ।

जटिल बिरामीलाई तौलिहवा र बुटवलमा पठाउन थालिएको प्रमुख पाण्डेले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया