आइतबार, जेठ ६, २०८१

थप ९६८ जनामा कोरोना पुष्टि, १११४ जना संक्रमणमुक्त

मेरोन्यूज २०७८ असोज १९ गते १६:५९

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १६ हजार ४२ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो ।

Advertisement

सोही अवधिमा एक हजार ११४ जना संक्रमण मुक्त भई घर फर्किएका छन् । यस्तै, ६ जनाले ज्यान गुमाएका छन् । योसहित हालसम्म ११ हजार १८० जनाको मृत्यु भएको छ ।

आज गरिएको परीक्षणसहित देशभर कोरोना संक्रमितको कूल संख्या पीसीआर परीक्षणमा ७ लाख ९८ हजार ७६६ र एन्टिजेन विधिको परीक्षणमा ९२ हजार ४५८ जना पुगेको छ ।

प्रतिक्रिया