आइतबार, जेठ ६, २०८१

आजको राशिफल : आश्विन १९ गते मंगलबार

ज्यो. दिवाकर पन्त २०७८ असोज १९ गते ६:११

आज २०७८ साल आश्विन महिनाको १९ गते मंगलबार, आश्विन कृष्णपक्षको चतुर्दशी तिथि । आज सोह्रश्राद्धअन्तर्गत चतुर्दशीश्राद्ध रहेको छ । शास्त्रबाट निधन भएका तथा अप्राकृतिक रुपमा निधन भएकाहरुको सोह्रश्राद्ध गरिने तिथि रहेको छ ।

Advertisement

मेष
आम्दानीमा हुने बृद्धिले व्यक्तित्वमा मद्धत पु¥याएता पनि कमजोर मनोबल भएको व्यक्तित्व हुने छ । साझेदारीमा गरिएका क्षेत्रमा अनुकुल बन्ने छ तर अन्य क्षेत्रका पेशागत क्षेत्रमा कठिनाईहरुको सामना गर्नु पर्ने भएकाले संयमित रहनु होला । होटल, रेष्टुरेण्ट, डान्स बार, बाउन्सर, सेक्युरिटी सर्भिस जस्ता क्षेत्रमा आवद्धहरुलाई कठिनाई नै रहने छ ।

वृष
दृढताको अभाव हुने भएकाले जुध्नु पर्ने स्थानमा पनि जुध्न नसक्ने र शारीरिक रुपमा कमजोरीसमेत उत्पन्न हुन जाने देखिएकाले शारीरिक अभ्यासलाई जोड दिनु होला । मेहनत र पराक्रमी स्वाभावमा भने बृद्धि हुने छ । मनमा निराशाजनक विचार र भावनाहरुका क्रम आइ रहने छ । पेशागत जीवनमा कठिनाईको सामना गर्नु पर्ने छ । धैर्य र संयमित रहेर पाइला चाल्ने प्रयास गर्नु होला ।

मिथुन
प्रभावकारी बोली हुने भएकाले यसका कारण पेशागत जीवन स्थिर बनाउन भुमिका खेल्ने छ । आम्दानीमा हुने बृद्धिले भाग्य अभिवृद्धि हुने छ । मनमा आफु भाग्यमानी भएको लागि रहँदा उत्साह र उमङ्गको लहर आउने छ । धेरै जोखिमपूर्ण क्षेत्रमा आवद्ध व्यक्तिहरुले निकै सोच विचार गरेर कदम चाल्नु पर्ने समय रहेको छ । आयात निर्यात, पानीको व्यापार, चिसो पेय पदार्थ, दुग्ध पदार्थ आदीको कारावारमा आवद्धहरुलाई फाइदा मिल्ने छ । साझेदारीमा गरिएका क्षेत्रमा बिबाद देखिन्छ ।

कर्कट
पेशागत क्षेत्रबाट भाग्य अभिबृद्धि हुन पुग्ने छ । बोली प्रभावकारी हुने छ । अरुले पनि सहज अनुभूति गर्ने छन् । तर बेला बेला अनपेक्षित रिसको मात्रा देखा पर्न जाँखा खासगरी परिवारमा कटुता निम्तिन पुग्ने छ । स्टेसनरी, शिक्षा क्षेत्र, अध्ययन अध्यापन, शिक्षण, उद्योग कलकारखाना, सवारीसाधन आदी क्षेत्रमा रहेकाहरुलाई अनुकुल देखिन्छ ।

सिंह
विदेश तथा स्वदेशमा यात्रा गर्नु पर्ने हुन सक्छ । परिवारमा सहज वातावरण सृजना हुने छ । बोलीको प्रभाव बढ्ने छ । आम्दानीमा केही बृद्धि हुने छ । उद्योग कलकारखाना, सार्वजनिक यातायात, ढुवानी साधन, ठेक्कापट्टा, पत्रकारिता, मार्केटिङ्ग जस्ता क्षेत्रमा आवद्धहरुलाई अनुकुल रहने छ ।

कन्या
दृढ खालको व्यक्तित्व सँगै मिठो बोली भएको व्यक्तित्व हुने हुँदा अरुले विश्वास गर्ने छन् । पेशागत क्षेत्र अनुकुल भएता पनि भाग्यहिनताका कारण धेरै फलदायी बन्न भने सक्ने छैन् । आफ्नो अनुकुलताका लागि कहाँ के कसरी व्यावहार गर्ने भन्ने भित्रि ज्ञान जागृत हुने छ ।

तुला
पेशागत जीवनमा उतारचढावको सामना गर्नु पर्ने भएकाले धेर्यतापूर्वक अवस्थालाई अघि बढाउने प्रयास गर्नुहोला । कर्मशिल हुँदा हुँदै पनि त्यसको कदर हुने छैन् भने प्रतिफल पनि प्राप्त हुने छैन् । भाग्यको साथ रहेकाले उचित स्थानमा उचित तवरको बाणिको प्रभाव बढ्ने हुँदा अवश्य राहत मिल्ने छ । ठेक्कापट्टा, वाहनको कारोवार आदी जस्ता क्षेत्रमा रहेकाहरुलाई फाइदा मिल्ने छ ।

वृश्चिक
पेशागत जीवन सहज रहने छ । बोलीमा शितलता देखा पर्नेछ । तर बेलाबेला अपेक्षा नै नगरिएको जस्तो कडापना देखा पर्दा अरुले असहज मान्ने छन् । भाग्यको साथका कारण आम्दानीमा बृद्धि हुनेछ । सार्वजनिक सवारीसाधन, ढुवानीका सावारीसाधन, उद्योग कलकारखाना, श्रम क्षेत्र, ठेक्कापट्टा आदीमा रहेकाहरुलाई अनुकुल रहने छ ।

धनु
प्रतिष्पर्धात्मक क्षमतामा गिरावट आउँदा केही तालमेलको भने अभाव देखिन पुग्ने छ । मन दृढ बन्ने छ । बौद्धिक क्षमता र बौद्धिक स्तरमा उच्च व्यक्तित्व बन्ने छ । मातृभुमी तथा मातृत्वसँग सम्बन्धित विषयले उदासिनता थप्ने छ । मनमा अन्तरद्वन्दका लहरहरु एकपछि अर्काे गरी आउने छन् । पेशागत जीवनमा उतारचढाव देखा पर्ने भएकाले धेरै महत्वाकांक्षा भन्दा निरन्तरताको पक्षलाई बढि ध्यान दिनु होला । होटल, रेष्टुरेण्ट, जलविद्युत क्षेत्र आदीमा आवद्धहरुलाई प्रतिकुल छ ।

मकर
दृढ र दह्रो स्वाभाव भएको व्यक्तित्व हुने भएकाले कसैसँग नदब्ने खालको स्वाभाव देखा पर्ने छ । तर रिस नियन्त्रण गर्ने बारेमा भने संवेदनशिल बन्नु होला । भित्रि बुद्धि पनि चलायमान हुने छ भने मन स्थिर रहँदारहँदै पनि बेलाबेला अनपेक्षित उदासिनता देखा पर्न जाने छ । पेशागत जीवनबाट केही फाइदा मिल्ने छ । दाम्पत्य जीवनमा भने केही कटुता उत्पन्न हुन जाने छ ।

कुम्भ
पारीवारिक सुख प्राप्त हुनेछ भने पैतृक सम्पत्तिले उन्नति प्रगतिमा मद्धत पु¥याउने छ । बोलीमा असाध्यै कडापना देखा पर्ने भएकाले ध्यान दिनुहोला । मनोबल र शारीरिक अवस्था कमजोर बन्न जाने भएकाले शारीरिक अभ्यास नियमित गर्न प्रतिबद्ध रहँदा उपयुक्त हुनेछ । पेशागत क्षेत्र शुभ रहने छ । पत्रकारिता, वकालत, न्याय क्षेत्र, पत्रकारिता, मार्केटिङ्ग, स्टेसनरी, शिक्षा क्षेत्र आदीमा आवद्धहरुलाई समय शुभ रहेको छ ।

मीन
आफ्नो लक्ष्य, सपना र उद्देश्य प्राप्तिका लागि केन्द्रीत रहिरहने व्यक्तित्व बन्ने छ । नेतृत्व र बाणिको उचित संयोजनबाट लक्ष्य प्राप्त हुन र आम्दानी बृद्धिका लागि प्रगति हुने छ । भाग्यहिनताका कारण घर घडेरी, वाहन, होटल, रेष्टुरेण्ट आदी बिक्रि गर्नुपर्ने अवस्था आउने चुनौति रहने छ । पेशागत जीवनमा उत्पन्न हुने अवरोधहरु हटाउन मन दृढ रहने छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया