बुधबार, वैशाख १२, २०८१

विद्यालय कर्मचारीको उमेरहद तोकियो, उमेरहद ६० वर्ष कायम

मेरोन्यूज २०७८ असोज १७ गते १६:१०

काठमाडौं । सरकारले सामुदायिक विद्यालयका कर्मचारीको उमेरहद कायम गरेको छ ।

शिक्षा तथा मानव स्रोत केन्द्रले सूचना जारी गर्दै सामुदायिक विद्यालयका कर्मचारीको उमेर हद ६० वर्ष कायम गरेको जानकारी दिएको हो ।

केन्द्रले ७५३ वटै स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाईलाई निर्देशन दिँदै केन्द्रले विद्यालय कर्मचारीको उमेर हद ६० वर्ष कायम गरेको जनाएको छ ।

‘विद्यालयमा कार्यरत कर्मचारीको उमेर हद शिक्षक सरह ६० (साठी) वर्ष हुने र सोको निर्देशन सबै क्षेत्रीय शिक्षा निर्देशनालय तथा जिल्ला शिक्षा कार्यालयमा दिनू भन्ने मिति २०६९ मंसीर १० गतेको मन्त्रीस्तरीय निर्णय भएकोले सोही अनुसार गर्ने गराउने व्यवस्थाका लागि निर्देशानुसार अनुरोध छ ।’– केन्द्रका निर्देशक वसन्तप्रसाद कोइरालाद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया