शुक्रबार, वैशाख १४, २०८१

११ सीडीओको सरुवा, कास्कीमा जयनारायण आचार्य

मेरोन्यूज २०७८ असोज १७ गते १४:५७
जयनारायण आचार्य

काठमाडौं । गृह मन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । शुक्रबारको निर्णयअनुसार सिडिओको सरुवा भएको हो ।

सरुवाअनुसार गृहका सहसचिव कमलराज ढकाललाई भोजपुर, विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सुशील वैद्यलाई लमजुङको सिडिओमा खटाइएको छ ।

यसैगरी कास्कीको सिडिओमा जयनारायण आचार्यलाई पठाइएको छ । कास्कीमा सिडिओ रहेका थानेश्वर गौतमलाई सात महिना पनि नपुगी त्यहाँबाट हटाइएको छ ।

महोत्तरीमा वासुदेव दाहाल, डोटीमा शंकरबहादुर विष्ट, डडेल्धुरामा मोहनराज जोशी, रसुवामा नवराज जैसी, म्याग्दीमा चिरञ्जीजी राना, मुगुमा रोमबहादुर महत, तेह्रथुममा अनुज घिमिरे तथा मनाङमा रविन्द्र आचार्यको सरुवा भएको छ ।

प्रतिक्रिया