मंगलबार, वैशाख ११, २०८१

तीन महिनापछि डोटीले पायो प्रजिअ

मेरोन्यूज २०७८ असोज १७ गते ८:३४

डोटी । गृह मन्त्रालयले बल्ल डोटीमा प्रमुख जिल्ला अधिकारी खटाएको छ । विगत तीन महिनादेखि प्रजिअ विहीन बनेको थियो । निमित्तका भरमा सञ्चालन भइरहेको जिल्ला प्रशासन कार्यालयमा मन्त्रालयले शंकरबहादुर विष्टलाई प्रजिअ तोकेको हो । उनले यसअघि पनि जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी भएर कामकाज सञ्चालन गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी सुनिल खनाल गत असारमा गृह मन्त्रालयमा सरुवा भएका थिए । यसपछि निमित्त प्रजिअ किरण जोशीले कामकाज चलाउँदै आएका थिए । प्रजिअ र प्रशासकीय अधिकृतसमेत नहुँदा जिल्लामा काम गर्न निकै समस्या भएको थियो । रासस

प्रतिक्रिया