सोमबार, जेठ ७, २०८१

चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा छ : आयोग उपाध्यक्ष गिरी

मेरोन्यूज २०७८ असोज १५ गते १७:०३

काठमाडौं । चिकित्सा शिक्षा आयोगका कार्यकारी उपाध्यक्ष प्रा.डा. कृष्ण गिरीले चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा रहेको बताएका छन् ।
चिकित्सा शिक्षा आयोगका दुई वर्ष ः चुनौती र अवसर’ विषयक अन्तर्क्रिरया कार्यक्रममा बोल्दै गिरीले ऐन संशोधनका लागि बनेको ट्रास्कफोर्सले प्रतिवेदन बुझाएर त्यसलाई कार्यकारी परिषद् पास गरेर सरकारलाई बुझाएको जानकारी दिए ।

Advertisement


हेल्थ आवाज डटकमले आयोजना गरेको उक्त कार्यक्रममा चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिल, विभिन्न विश्व विद्यालयका प्रतिनीधि उपस्थित थिए ।

उक्त अन्तरक्रिया कार्यक्रममा चिकित्सा शिक्षा आयोग स्थापना भइसकेपछि चिकित्सा शिक्षाको क्षेत्रमा देखिएका समस्या, द्वन्द्व र कानुनी जटिलता विषयमा बहश भएको थियो । उपस्थित विज्ञहरुले समस्या समाधान गर्ने चाल्नुपर्ने कदमको बारेमा आयोगलाई सुझाएका थिए ।
‘कानुनमा जे छ, हामीले त्यही कार्यावन्यन गर्ने हो,’ उपाध्यक्ष गिरीले भने, ‘कानुन हामीले बनाएको होइन । भएका समस्यालाई सुधार गर्नुपर्छ ।’


आयोगका उपाअध्यक्ष प्रा.डा.गिरीले आयोगले भर्खरै लिएको स्नातक तहको एकीकृत परीक्षापछि उत्पन्न समस्यालाई सम्बोधन गरेर लैजान आफू तयार रहेको पनि बताए । आयोगलाई सबैभन्दा बढी समस्या परीक्षामा देखिएकाले समस्या सुधार गर्न आयोगले गृहकार्य गरिरहेको उनको भनाइ थियो । ‘परीक्षा लिनु अघि यस्तो समस्या आउँला भन्ने हामीले सोचेका थिएनौं’ उनले भने ।


आरक्षणको विषय बहस हुन सकेको छैन । चिकित्सा शिक्षा आयोगको कार्यक्षेत्रका विषयमा देखिएको विवादमा स्पष्ट पार्दै उनले आयोगले स्वास्थ्य शिक्षाका सबै कुरा नअगाल्ने बताए । हेल्थ प्रोफेसनलका विषयहरुमात्रै आयोगले समेट्ने उनको भनाइ थियो ।


काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले आयोग नियमनकारी निकायका रुपमा मात्रै नभएर प्रवद्र्धनकारी निकाय रुपमा काम गर्नुपर्ने बताए ।


उनले ऐनमा रहेका अहिलेका प्रावधान जस्ताको तस्तै कार्यन्वयन गर्न व्यवहारिक नरहेको उल्लेख गर्दै यसलाई समयसापेक्ष बनाउँदैं लैजानुपर्नेमा जोड दिए । कतिपय कानुनी कुराहरु होलान् तर व्यवहारिक रुपमा पनि हामीले हेर्नुपर्छ,’उनले भने,‘भर्खरै जन्मिदै गरेको संस्था हो । हामी सबैको अपनत्व हुने गरी अगाडि बढेमा मात्र दशकौं दशक संस्था रहन सक्छ ।’


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले चिकित्सा शिक्षा ऐन सुगमलाई मात्रै हेरेर बनाइएको बताए ।

प्रतिष्ठानको ऐनमा ४५ प्रतिशत कर्णालीका १४ जिल्लाका विद्यार्थीहरुलाई आरक्षण तोकिएकोमा चिकित्सा शिक्षा ऐनले बन्देज गर्दा त्यहाँका स्थानीयले छात्रवृत्तिको अवसर गुमाएको बताए । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का डिन प्रा.डा पियुष दाहालले सरकारले छुट्याएको छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीले सम्बन्धित ठाउँमा गएर सेवा गर्छ गर्दैन भन्ने त्यसको सुनिश्चिता कसरी गर्ने भन्ने प्रश्न उठाएका थिए

प्रतिक्रिया