आइतबार, जेठ ६, २०८१

थप एक हजार ६६ जनामा कोरोना पुष्टि,१३ जनाको मृत्यु

मेरोन्यूज २०७८ असोज १५ गते १७:०१


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ३६८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ६६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९३८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। सोही अवधिमा २४ घण्टामा १३ जना संक्रमितको मृत्यु भएको छ। देशभर १८ हजार ११५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

Advertisement

प्रतिक्रिया