आइतबार, जेठ ६, २०८१

आजको राशिफल : आश्विन १५ गते शुक्रबार

ज्यो. दिवाकर पन्त २०७८ असोज १५ गते ६:१३

आज २०७८ साल आश्विन महिनाको १५ गते शुक्रबार, आश्विन कृष्णपक्षको दशमी तिथि । आज सोह्रश्राद्धअन्तर्गत दशमी श्राद्ध रहेको छ ।

Advertisement

मेष
समय धेरै जोखिमपूर्ण भन्दा संयमित भई पाइला चाल्नु पर्ने खालको देखिन्छ । मनमा सुख सन्तोषको अभाव हुनेछ । पेशागत जीवन भने औसत खालको हुने छ ।साझेदारीमा गरिएका कामहरुमा कठिनाईहरु उत्पन्न हुने र बादबिबाद देखिने छ । धेरै जोखिमपूर्ण क्षेत्रको पेशामा आवद्धहरु अझ बढि सतर्क रहनु पर्ने देखिन्छ ।

वृष
स–साना बिषयमा पनि अन्योलताको सामना गर्नु पर्ने छ । पेशा प्रति भने तिब्र लगाव आउने छ । मानसिक पक्ष कमजोर देखिने छ जसले गर्दा मनोबल कमजोर बन्न पुग्ने छ । प्रतिष्पर्धात्मक क्षमतामा पनि गिरावट आउँदा प्रतिष्पर्धीहरुले हेप्ने तथा पेल्ने छन् ।

मिथुन
मानसिक रुपमा दृढताको विकास हुन थाल्ने छ । बौद्धिक क्षेत्रमा प्रगति हुने छ भने चतुरतामा पनि केही बृद्धि हुनेछ । पेशागत जीवनमा सुधारहरु आउने छ, सकारात्मक संकेतहरु देखा पर्ने छ । साझेदारीमा गरिएका काममा भने जटिलताहरु देखिने छ ।

कर्कट
आत्मविश्वासीपनामा कमि आउँदा अरुले कमजोर व्यक्तित्वका रुपमा चित्रण गर्ने छन् । सामाजिक छवीमा गिरावट आउँदा परिवारमा पनि तनाव आउने छ । आम्दानीमा हल्का बृद्धि देखिने छ । मनमा धेरै विचारहरु एक साथ आउँदा अन्योलताको मात्रा ह्वात्तै बढ्ने छ । पेशागत जीवन भने औसत रहने छ ।

सिंह
परिवारबाट साथ र समर्थन प्राप्त हुने छ । धन सम्पत्तिमा सुधार आउने छ । बोलीको कटुतामा हल्का सुधार आएर मिठासपना देखिँदा अरुले विश्वास गर्ने छन् । पेशागत जीवनबाट लाभ प्राप्त हुनेछ । नरम खालको व्यक्तित्व हुँदा अरुले सहजता महशुस गर्ने छन् ।

कन्या
बोलीको प्रभावमा पनि कमि आउने छ । त्यसैले संयमित रही कामहरु गर्नु पर्ने समय रहेको छ । जीवनसाथिको साथले धेरै राहत मिल्ने छ । परिवारिक तनाव उत्पन्न हुने छ । बाठोपनामा आउने कमिले गर्दा आफुलाई फाइदा हुने विषयमा पनि अन्योलता उत्पन्न हुन पुग्ने छ ।

तुला
विगतका घटनाक्रमहरु मनमा एकोहोरो रुपमा आउँदा भविष्यप्रति केन्द्रीत हुने भन्दा पनि विगतकै सम्झनाले समय नोक्सान हुने छ । मन नियन्त्रणमा ध्यान दिनु होला । भाग्यको साथ नभएकाले गरेका कामहरु सफल नहुँदा मनमा असन्तोष र निराशा भावले पेल्ने छ । पेशागत जीवनमा पनि आँकलन नगरिएका समस्याहरु देखिँदा आफैलाई नोक्सान हुने छ ।

वृश्चिक
दाम्पत्य जीवनमा प्रेम बढ्ने छ तर परिवारका अरु सदस्यहरुसँग भने मनमुटावको अवस्था आउने छ । दृढ खालको व्यक्तित्व बन्ने भएकाले अरुले हेप्ने छैनन् । बोलीमा भने कडापना देखिने छ । साझेदारीमा गरिएका कामहरुबाट लाभ प्राप्त हुने छ, हौसला मिल्ने छ ।

धनु
बौद्धिक, प्राज्ञिक तथा धार्मिक क्षेत्रमा संलग्नहरुलाई भने केही फाईदा मिल्ने छ । पेशागत जीवनमा सोचे जस्तो लाभ मिल्ने छ । जीवनमा बैराग्यताको मात्रा अस्वाभाविक बृद्धि हुने हुँदा कर्मशिलतामा कमि ल्याई दिने छ । आफुले सँहालेको जिम्मेबारी निष्ठापूर्वक भिाउने भन्दा अन्य अन्य विषय मन जाने छ ।

मकर
पेशागत जीवनमा केही सकारात्मक अवस्था आउने छ । जोखिमपूर्ण क्षेत्रमा आवद्धहरुको हकमा आफु भन्दा तलका व्यक्तिहरुलाई धेरै विश्वास गर्न सक्ने समय देखिँदैन् । प्रभावकारी बोली हुने हुँदा अरुको मन जित्न सकिने छ । साथै नरमखालको व्यक्तित्व हुने भएकाले अरुले भरोसा गर्ने छन् ।

कुम्भ
चलाखीपनामा पनि बृद्धि हुँदा के ठिक के बेठिक भन्ने यकिन गर्न सक्ने व्यक्तित्व हुने छ । बोली भने अलि कडा खालको हुने छ । आँटेका कामहरु पुरा हुने छन् । शुभ खवर प्राप्त हुने तथा नयाँ कामहरु आरम्भ हुने छन् । आफुले विश्वास गरेकाहरुले साथ र समर्थन गर्ने छन् ।

मीन
पेशागत जीवनमा हल्का सुधार आउने छ । परिवारको साथले कामहरु अघि बढ्न ठुलो मद्धत पुग्ने छ । दृढ खालको व्यक्तित्व हुँदाहुँदै पनि साह्रै नै कडा खालको स्वाभावले गर्दाे आफैलाई हानि हुन जाने छ । साझेदारीमा गरिएका काममा समस्याहरु आउने छन् ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया