सोमबार, जेठ ७, २०८१

माधव नेपालको स्वास्थ्य सामान्य बन्दै

मेरोन्यूज २०७८ असोज १४ गते २०:३२

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको इलेक्ट्रोलाइट सोडियम लेभल सामान्य बन्दै आएको छ । त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै नेता नेपालको इलेक्ट्रोलाइट सोडियमको स्तर सामान्यभन्दा कम रहेको जानकारी दिएका हुन् ।

Advertisement

डा. अधिकारीले नेता नेपालको शरीरको तापक्रम, रक्तचापलगायत अन्य अवस्था सामान्य रहेको बताए । नेता नेपालको मौसमी ज्वरो (सिजनल भाइरस फिवर)सम्बन्धी स्वास्थ्य अवस्थाको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

उनको कोभिड–१९ परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको छ । आज अपराह्न ३ः३० बजे उनको छातीको सिटी स्वयानिङसमेत गरिएको थियो । सामान्य ज्वरो, बान्ता आउने, पेटमा गडबडी र छातीमा केही समस्या देखिएपछि बुधबार उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

उनको अहिले ५०१ नम्बरको शय्यामा रहेर उपचार भइरहेको छ ।

प्रतिक्रिया