सोमबार, जेठ ७, २०८१

काठमाडौँमा सभा सम्मेलन गर्न रोक, घरमै दसैँ मनाउन आदेश

मेरोन्यूज २०७८ असोज १४ गते १५:२०

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक भिडभाड तथा मेला गर्न रोक लगाइएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बिहीबार एक आदेश जारी गर्दै अर्को सूचना प्रकाशन नहुँदासम्म सबै सबै सभा सम्मेलन प्रतिबन्ध लगाएको जानकारी दिएका हुन् ।

Advertisement

कोरोना भाइरस (कोभिड–१९) महामारीको जोखिम यथावत रहेको भन्दै भिडभाड हुने कार्यक्रमहरु आयोजना गर्न रोक लगाइएको आदेशमा उल्लेख छ । चाडपर्व तथा कोरोना महामारीलाई ध्यानमा राखेर आदेश जारी गरिएको छ ।

चाडपर्व मनाउँदा आफ्नै परिवारभित्र मात्र मनाउन आग्रह गरिएको छ । होटल, पार्टी प्यालेसलगायतले पनि स्वास्थ्य मापदण्ड पालना गर्नु पर्ने आदेशमा उल्लेख छ । यस्तै, आदेशमा सार्वजनिक यातायातको टिकट काट्दा आधिकारिक काउण्टरबाट मात्र काट्न यात्रुहरुलाई आग्रह गरिएको छ ।

बसमा यात्रुले अनिवार्य मास्क लगाउनु पर्ने, चालक, सहचालकले मास्क, भाइजर र ग्लोभ्स लगाउनु पर्ने तथा बसको ढोकामा अनिवार्य स्यानिटाइजर राख्नु पर्ने उल्लेख छ ।

प्रतिक्रिया