सोमबार, जेठ ७, २०८१

आजको राशिफल : आश्विन १४ गते बिहीबार

ज्यो. दिवाकर पन्त २०७८ असोज १४ गते ६:१०

आज २०७८ साल आश्विन महिनाको १४ गते बिहीबार, आश्विन कृष्णपक्षको नवमी तिथि । आज सोह्रश्राद्धअन्तर्गत नमवी श्राद्ध रहेको छ । आज मातृनवमी रहेको छ ।

Advertisement

मेष
औसतमा समय संयमित रहनु पर्ने खालको छ । पेशागत जीवन औसत रहने छ । साझेदारीमा गरिएका कामहरुमा भने द्वन्द देखा पर्ने छ । सुख सन्तोषको अभाव महशुस हुने छ । घर घडेरीका विषयमा घाटा व्योहर्नु पर्ने समय रहेको छ ।

वृष
मनोबल कमजोर बन्ने छ । यसले गर्दा प्रतिष्पर्धात्मक क्षमतामा पनि गिरावट आउँदा कार्यक्षमतामा प्रभावित तुल्याउने छ । पेशाप्रति समर्पित हुने व्यक्तित्व हुने छ । समय संयमित रही पाइला चाल्नु पर्ने खालको छ । निर्णय क्षमतामा पनि कमि आउने हुँदा अन्योलता बढ्ने छ ।

मिथुन
मनमा अत्याधिक दुविधा आउने भएकाले निर्णय क्षमतामा कमि आउने छ । दाम्पत्य जीवनमा समस्या आउने छ । साझेदारीका कामहरुमा कठिनाई उत्पन्न हुन पुग्ने छ । अन्यको हकमा पेशागत जीवन औसत प्रकृतिबाट गुज्रने छ ।

कर्कट
आत्मविश्वासी व्यक्तित्व हुने छ । भौतिक सुखका साधनहरु प्रयोग गर्न पाएता पनि मनमा सन्तोषपनाको अभाव हुन जाने छ । आम्दानीमा थोरै बृद्धि हुने छ । पेशागत जीवन औसत रहने छ । मन धेरै चञ्चल हुने भएकाले मन नियन्त्रित गर्ने प्रयास गर्नु होला ।

सिंह
बाणि प्रियताको अभाव हुने भएकाले संयमित रहनु होला । व्यक्तित्वमा नरमपना विकास हुने छ । जसले गर्दा अरु व्यक्तिहरुले पनि सहजतापूर्वक व्यावहार गर्ने छन् । पेशागत जीवन सकारात्मक रहने छ । आम्दानी औसत रहने छ ।

कन्या
जीवनसाथिको साथसहित काम गरेमा फाइदा मिल्ने छ । परिवारमा बिबाद र समस्या आउने भएकाले सतर्क रहनु होला । चतुरताको कमि हुन जाने छ । बोलीको प्रभावमा पनि गिरावट देखा पर्ने छ । भाग्यको साथ नदिएकाले धेरै जोखिमले भरिएका कार्य भन्दा औसत कार्यलाई निरन्तरता दिनु ठिक हुने समय छ ।

तुला
मनमा दुविधा अत्याधिक आउने भएकाले समयमा निर्णयहरु लिन कठिनाई हुनेछ । मनमा पनि नकारात्मक विचारले डेरा जमाउने भएकाले यस्ता विचार नियन्त्रणको प्रयास गर्नु होला । पेशागत जीवनमा समस्याहरु देखा पर्ने समय रहेकाले संयमित भएर पाईला चाल्नु नै उपयुक्त हुने छ । भाग्यहिनताका कारण कार्यसफलतामा कमि आउने छ ।

वृश्चिक
साझेदारीमा गरिएका कामहरुमा सकारात्मक नतिजाहरु देखा पर्ने छन् । आफु आवद्ध रहेको कार्यालयका हाकिमहरुसँग बिबाद बढ्ने समय सक्रिय रहेकाले संयमित रहनु नै उपयुक्त हुनेछ । जीवनसाथिको आड भरोसामा काम गरेमा उक्त कार्य प्रतिफलमुखी बन्न जाने छ । धेरै नहडबडाउनु वेस हुने छ ।

धनु
मेहनत र पराक्रमी स्वाभावमा गिरावट आउँदा कार्यक्षमतामा पनि कमि देखिन जाने छ । बौद्धिक, प्राज्ञिक तथा धार्मिक क्षेत्रमा संलग्नहरुलाई फाईदा मिल्ने छ । पेशागत जीवनमा संयमित भएर कदम चाल्नु पर्ने समय छ । प्रतिष्पर्धात्मक स्वाभावमा पनि गिरावटहरु देखा पर्ने छन् ।

मकर
पेशागत क्षेत्र औसत प्रकृतिको रहने छ । सेवा क्षेत्रमा रहेकाहरुको हकमा सामान्य देखिएता पनि ब्यापारको क्षेत्रमा रहेकाहरुको हकमा समय केही जोखिमपूर्ण देखिन्छ । बोलीमा भने नरमपना देखिने हुँदा अरुको विश्वास प्राप्त हुनेछ । आम्दानीमा केही बृद्धि देखा पर्ने छ ।

कुम्भ
बाणिमा रुखोपना देखा पर्ने भएकाले संयमित रहनु होला । पेशागत जीवनमा पनि विभिन्न आक्षेपहरु लाग्न सक्छन् । संयमित भएर अघि बढ्नु पर्ने समय छ । अध्ययन अध्यापनमा मन केन्द्रीत हुन सक्ने छैन् । भित्रि बुद्धिको सक्रिय हुन नसक्दा निर्णय क्षमतामा पनि गिरावट देखा पर्नेछ ।

मीन
दृढ खालको व्यक्तित्व बन्ने छ तर अरुले अलि कडाखालको अनुभुत मात्र गर्ने भएकाले ध्यान दिनु होला । जीवनसाथिको साथ लिएर काम गरेमा उक्त कार्य प्रतिफलमुखी हुने छ । साझेदारीमा गरिएका कामहरुमा बिबादका क्रम देखा पर्नेछ । पेशागत जीवनमा अनुमान नगरिएका समस्याहरु देखा पर्न जाने छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया