सोमबार, जेठ ७, २०८१

थप १,१५७ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

मेरोन्यूज २०७८ असोज १३ गते १६:५९

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १,१५७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ५४१ जनाको पीसीआर परीक्षण गर्दा १,१५७ जनामा कोरोना संक्रमण देखिएको छ ।

Advertisement

सोही अवधिमा १,११३ कोरोनामुक्त भएका छन् । सोही अवधिमा संक्रमणका कारण ८ ज्यान गुमाएका छन् । अहिले देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १९३ रहेको प्रवक्ता पौडेलले जानकारी दिए ।


संस्थागत आइसोलेसनमा रहेका मध्ये ३५४ जना आइसीयूमा र ९९ जना भेन्टिलेटरमा रहेको प्रवक्ता कृष्ण पौडेलले जानकारी दिए ।

प्रवक्ता पौडेलका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ७ लाख ९४ हजार १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९१ हजार ३७३ पुगेको छ ।

जम्मा संक्रमण पुष्टि हुनेको संख्या ८ लाख ८५हजार ५३६ पुगेको छ ।

हालसम्म ७ लाख ६४ हजार ८४७ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार १२३ पुगेको छ ।

प्रतिक्रिया