आइतबार, जेठ ६, २०८१

आजको राशिफल : आश्विन १३ गते बुधबार

ज्यो. दिवाकर पन्त २०७८ असोज १३ गते ६:११

आज २०७८ साल आश्विन महिनाको १३ गते बुधबार, आश्विन कृष्णपक्षको अष्टमी तिथि । आज सोह्रश्राद्धअन्तर्गत अष्टमी श्राद्ध रहेको छ । आज थारु समुदायको जितिया पर्व रहेको छ ।

Advertisement

मेष
पेशागत जीवनमा संयमित रहनु पर्ने देखिन्छ । आम्दानीमा गिरावट आउने छ । परिवारमा सुख सन्तोषको वातावरण हुने छ । व्यक्तित्वमा थोरै शिथिलता आउने छ । स–सानो विषयमा पनि झडङ्ग झडङ्ग रिसाउने बानीले गर्दा विषयवस्तुहरु बिग्रने छन् । प्रतिष्पर्धात्मक स्वाभाव भने कायम रहने छ ।

वृष
परिवारका सदस्यहरुले तपाईप्रति भरोसा गर्ने र आशा गर्ने छन् । पेशागत जीवनमा उतारचढावको अवस्था ब्योहर्नु पर्ने छ । मनमा नकारात्मक विचारले घेर्ने छ । परिवारको साथबाट सुख, शान्ति मिल्ने छ । भाग्यको साथ एक हदसम्म साथ रहेकाले परिस्थिति सँहालिने छ ।

मिथुन
भाग्यहिनताले गर्दा हिनताबोध आउने छ । मेहनत र पराक्रमी शैलीमा कमि आउन जाने छ । धेरै जोखिमले भरिएका काममा संयमित रहनु नै उचित हुने छ । पेशागत जीवनमा तनाव उत्पन्न हुने र यसले मानसिक दबाबमा उल्झाउने छ, त्यसैले सतर्क भएर कार्यालयसँग सम्बन्धित काममा संलग्न हुनु होला ।

कर्कट
सन्तानका गतिबिधिबाट असन्तोष तथा अपजसको अवस्था आउने छ । पेशागत जीवनमा सकारात्मकता देखा पर्ने छ । आफुले निभाएका भुमिकाको कदर हुने छ । मनमा निराशाले सताउने छ । साझेदारीमा गरिएका कामहरुमा भने द्वन्दको अवस्था निम्तिने छ ।

सिंह
मनमा दुविधा र अन्योलताले सताउने छ । जीवनसाथिको आड भरोसाले गर्दा केही राहत मिल्ने छ । पेशागत जीवनमा उल्झन तथा अवरोधहरुको सामना गर्नु पर्ने छ । भाग्यहिनताका कारण गर्न खोजेको काम निकै कठिनाई साथ मात्र पुरा हुने तर्फ अघि बढ्ने छ ।

कन्या
परिवारका सदस्यहरुले तपाईमाथि भरोसा गर्ने छन् । पेशागत जीवनमा सन्तोष मिल्ने छ । प्रभावशाली व्यक्तित्व बन्ने छ, अरुले भरोसा गर्ने छन् । आम्दानीमा केही बृद्धि हुन जाने छ । जीवनसाथिको साथ लिएर काम गरेमा प्रगतिको मात्रामा अझ बृद्धि हुने छ ।

तुला
आम्दानीमा सन्तुलन कायम हुँदा आर्थिक विषयमा तनाव हुने छैन् । पेशागत जीवन औसत खालको हुने छ । दाम्पत्य जीवनमा मनमुटावको अवस्था निम्तिने छ । मनमा दुविधा र अत्याधिक बढि विचारहरु आएर अन्योलतामा पारि दिने छ । साझेदारीमा गरिएका काममा पनि समस्याहरु बढ्न पुग्ने छन् ।

वृश्चिक
उच्च आत्मबल भएको व्यक्तित्व हुने छ । रिस नियन्त्रणमा ध्यान दिनु होला । पेशागत जीवनमा सकारातमक नतिजाहरु आउने छन् । आम्दानीमा पनि बृद्धि हुने छ । आफ्नो भूमिकाको दायरा बृद्धि हुने छ । साझेदारीमा गरिएका कामहरुमा प्रगति हुने छ ।

धनु
मनोबल र दृढतामा बृद्धि हुँदा व्यक्तित्व प्रभावकारी बन्ने छ । पेशागत जीवनमा प्रगति हुने छ । आम्दानीमा पनि बृद्धि हुने छ । भाग्यले साथ दिएकाले सामान्यतया सकारात्मक समय रहेको देखिन्छ । सामाजिक जीवनमा कदर प्राप्त हुने छ ।

मकर
समाजमा मान, सम्मान र कीर्ति प्राप्त हुने छ । मनले आँटेका कुराहरु पुरा हुने छन् । प्रभावकारी बोलीका कारण अरुको मन जित्न सकिने छ । पेशागत जीवनमा सकारात्मक सुधार आउने छ । तत्काल कमाईको मात्रा नबढे पनि कमाईको दायराका क्षेत्रहरुमा सुधार आउने छ ।

कुम्भ
बौद्धिक क्षमतामा केही बृद्धि हुने छ । दाम्पत्य जीवनमा मधुरता हुने छ । पेशागत जीवन औसत रहने छ । पेशागत क्षेत्रमा धेरै सफलता वा असफलता हुने छैन् । चलाख खालको व्यक्तित्व हुँदा के ठिक र के बेठिक भन्ने कुरा बेलैमा मनमा थाहा लाग्ने छ । नेतृत्व क्षमतामा भने गिरावट आउने छ ।

मीन
आम्दानीमा बृद्धि हुँदा आर्थिक सन्तुलन कायम हुने छ । सामाजिक क्षेत्रमा सक्रिय हुन पनि मन लाग्ने छ । पेशागत जीवन शुभ रहने छ । पेशागत जीवनमा उत्साह र उमङ्ग आउने छ, थप जिम्मेबारी प्राप्त हुने छ । साझेदारीमा गरिएका कामहरुबाट पनि राम्रो नतिजा आउने छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया