शुक्रबार, चैत १६, २०८०

एमाले युवासंघका पाँच केन्द्रीय नेताले दिए सामुहिक राजीनामा

मेरोन्यूज २०७८ असोज १२ गते २१:४५

काठमाडौं । नेकपा एमालेको युवा संगठनका पाँच केन्द्रीय नेताले सामुहिक राजीनामा दिएका छन् ।

संगठनका नेतृत्वप्रति असन्तुष्टी जनाउँदै उनीहरुले सामुहिक राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा युवा संघ स्थायी कमिटी सदस्य राकेशराज गिरि, नरेश साह तुरहा, निवेशकुमार, केन्द्रीय सदस्यद्वय वीरबल कुश्वाहा र सञ्जय यादव छन् ।

प्रदेश २ बाट प्रतिनिधित्व गर्ने उनीहरुले युवा संघको अध्यक्षलाई सम्बोधन गरेर राजीनामा पत्र बुझाएका छन् ।

उनीहरुले नेकपा विभाजनपछि आफूहरुले एमालेलाई नेकपाकै निरन्तरताको रुपमा अगाडि बढाएमात्रै पार्टी नेतृत्वलाई साथ दिन सकिने बताएका छन् ।

प्रतिक्रिया