बिहीबार, वैशाख १३, २०८१

दशैंको मुखमा दैनिक उपभोग्य बस्तुमा मूल्य बढ्यो (सूचिसहित)

किरण अधिकारी २०७८ असोज १२ गते २१:२८

काठमाडौं । कोभिड–१९ महामारीका कारण आयशक्ति कमजोर हुँदा बजार मूल्य भने महंगो हुदै गइरहेको छ ।

चाडबाड नजिकिएकाबेला खाद्यान्न, खानेतेल, फलफूल, तरकारी लगायतको मूल्य बढेको हो ।

चाडबाडको मुखमा मूल्यवृद्धि अघिल्ला वर्षहरुमा पनि हुने गरेको थियो । महामारीले सबै क्षेत्र शिथिल भएको मौका छोपी अस्वाभाविक रुपले मूल्य वृद्धि हुदा सर्वसाधारण मात्रमा परेका छन् ।

एक सातामै वस्तुको कम्तिमा पनि १५ रुपैयाँ वृद्धि भएको देखिएको छ ।

थोक विक्रेताको मनोमानीका कारण मूल्यवृद्धि भएको खुद्रा व्यापारी दावी गर्छन् । तर स्थानीय व्यापारीले पनि पसलैपिच्छे आफूखुसी मूल्य असुल्दै आएका छन् ।

उपभोक्तालाई अचाक्ली मार पर्नेगरी बजारमा मनपरी हुँदा निगरानीमा जोड दिनुपर्ने राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । उनले चाड पर्वका बेला व्यवसायीबाट हुने खरिद विक्रीको विवरणमा सरकारले ध्यान दिनुपर्ने सुझाव दिए ।

सार्वजनिक विषयका मुद्धा हेर्ने अधिवक्ता अनील भण्डारीले बजारको मुल्य अचाक्ली बढेको अवस्थामा कारबाहि प्रकृयाको बाटोमा पुग्न सर्वसाधारणलाई आग्रह गरे ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले चाडपर्वका बेला हुने महंगाई न्यूनिकरणका लागि अनुगमन र कृतिम अभाव अवलोकनमा जोड दिने आश्वासन दिए ।

किरण अधिकारी

मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया