शुक्रबार, वैशाख १४, २०८१

काठमाडौंको कपनबाट बालक बेपत्ता, अपहरणको आशंका

मेरोन्यूज २०७८ असोज १२ गते १९:१८

काठमाडौं । काठमाडौँको कपनबाट चार वर्षीय बालक हराएका छन् ।

चार वर्षीय पीयूष शर्मा सोमबार घरबाटै हराएको भन्दै प्रहरी प्रभाग महाराजगञ्जमा परिवारले निवेदन दिएका छन् ।

ती बालकको अपहरण भएको हुन सक्ने आशंका गर्दै परिवारले प्रहरीलाई जानकारी गराएका छन् ।

सोमवारदेखि हराएका बालकको खोजी भइरहेको प्रहरी प्रभाव महाराजगञ्जले जनाएको छ ।

प्रतिक्रिया