शुक्रबार, वैशाख १४, २०८१

एमसीसीबारे ओलीको जवाफः ताप्केभन्दा पहिला बिँड तातेर के हुन्छ ?

मेरोन्यूज २०७८ असोज १२ गते १८:३३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसीकाबारेमा सरकारले नबोली आफूले बोल्नुको अर्थ नभएको बताएका छन् ।

एमसीसी गर्ने पार्टीहरु नेपाली कांग्रेस र माओवादी केन्द्र भएको उल्लेख गर्दै मंगलबार सम्पादकसँगको अन्तरक्रियामा ओलीले त्यसबारेमा सरकारसँग जवाफ माग्नुपर्ने उल्लेख गरे ।

एउटा प्रधानमन्त्री र अर्को सरकारको किङमेकर भन्दै देउवा र प्रचण्डप्रति लक्षित गर्दै ओलीले एमसीसी गर्ने गठबन्धनका दुई नाइकेले जवाफ दिनुपर्ने बताए ।

एमसीसी गर्दा एमाले सरकारमा नरहेको र अहिले पनि प्रतिपक्षमै रहेको भन्दै ओलीले सरकारको दृष्टिकोण थाहा नपाइ आफूले बोल्नुको औचित्य नभएको बताए ।

‘सरकारले रुची नै राखेको छैन भने मैले भनिरहनुपर्ने कुरा के छ र ?’ एमसीसीबारे पत्रकारको जिज्ञासमा ओलीले प्रश्न गरे– ‘ताप्केभन्दा पहिला बिँड तातेर के काम ?

एमसीसीबारे सडकमा आवाजहरु उठिरहेको भन्दै एमाले अध्यक्ष ओलीले आफू सरकारमा हुँदा पनि ‘रेस्पोन्सिवल’ ढंगले प्रस्तुत भएको र संसदमा पनि आफूले सरकारको धारणा मागेको बताए ।

प्रतिक्रिया