शुक्रबार, चैत १६, २०८०

मेयरलाई मुक्का हान्ने युवा धरौटीमा छुटे

मेरोन्यूज २०७८ असोज १२ गते १६:३४

बुटवल । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवा धरौटीमा छाडिएका छन् ।

मेयर सुवेदीलाई मुम्का प्रहार गरेका गणेश पंगेनी पक्राउ परेको एक हप्तापछि धरौटीमा छाडिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट उनी ५ हजार रुपैयाँ धरौटीमा छुटेका हुन् ।

इलाका प्रहरी कार्यालय बुटवलबाट पेश हुन आएको अमर्यादित व्यवहारको मुद्दा हेरेपछि प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले धरौटीमा छाडेका हुन् । उनी बुटवलस्थित लुम्बिनी बाणिज्य क्याम्पसका एमाले अखिल निकट विद्यार्थी हुन् ।

पंगेनीले भदौ ४ गते बिहान बुटवल–३ ज्योतिनगरको पहिरो अवलोकनका गर्न गएकाबेला मेयर सुवेदीप्रति असन्तुष्टी जनाउँदै मुक्का प्रहर गरेका थिए ।

सोही दिन साँझ पक्राउ परेका उनलाई सार्वजनिक मुद्दाअन्तर्गत अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान गरेको थियो ।

प्रतिक्रिया