शुक्रबार, वैशाख ७, २०८१

ज्यान मार्ने उद्योगमा संलग्न २ जना पक्राउ

मेरोन्यूज २०७८ असोज १२ गते १६:१९

काठमाडौँ । ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ११ बस्ने २७ वर्षीय विमल कार्की र धनपाल थान गाउँपालिका १ बस्ने ५३ वर्षीय महमद साजिद मिया रहेका छन् ।

आइतबार दिउँसो विराटनगर महानगरपालिका ७ स्थित सडकमा काभ्रेपलाञ्चोक चौरी देउराली गाउँपालिका ९ बस्ने ३० वर्षीय कलाम सिंह लामालाई कार्की र मियाले व्यवसायिक विवादका कारण धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएका थिए । हतियार प्रहारबाट घाइते भएका उनको काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

घटनामा संलग्न रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई जिल्ला अदालत मोरङबाट ज्यान मार्ने उद्योग कसूरमा ५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया