शनिबार, वैशाख ८, २०८१

शेयर बजारमा लगातार पहिरो, मंगलबार पनि उच्च अंकको गिरावट

मेरोन्यूज २०७८ असोज १२ गते १५:२९

काठमाडौं । नेपालमा शेयर कारोबारमा लगातार पहिरो गएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन मंगलबार पनि उच्च अंकको गिरावट भएको छ ।

मंगलबार नेप्से ७०.०१ अंकले घटेर दुई हजार ६ सय १५ दशमलब ४० विन्दुमा पुगेको हो । सोमबार नेप्से ७३.०५ अंकले घटेर दुई हजार ६ सय ८५ दशमलब ४२ विन्दुमा पुगेको थियो ।

मंगलबार ५ अर्ब ७४ करोड ५४ लाख बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । मंगलबार कारोबार भएका सबै समूह रातो विन्दुमा रहेका छन् ।

मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था र मैलुङ खोला जलविद्युत कम्पनीबाहेक रातो बिन्दुमा देखिएका हुन् । यी कम्पनीको शेयरमूल्य मंगलबार १० प्रतिशतले बढेको छ । यी कम्पनीहरुको आइपीओ खुला भएका कारण पनि पोजेटिभ सर्किटमा पुगेको हो

त्यस्तै, कारोबारको आधारमा मंगलबार सबैभन्दा बढी कुमारी बैंकको भएको छ ।

प्रतिक्रिया