शुक्रबार, वैशाख ७, २०८१

वर्षमान पुनलाई थप उपचारका लागि बैंकक लाने तयारी

मेरोन्यूज २०७८ असोज १२ गते १२:२४

काठमाडौँ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’लाई थप उपचारका लागि थाइल्याण्ड लाने तयारी भएको छ । केही दिनदेखि स्वस्थ्य समस्य देखिएपछि सुमेरु अस्पतालमा उपचाररत उनलाई थप उपचारका लागि थाइल्याण्ड लाने तयारी भएको हो ।

पुनको स्वास्थ्यमा कुनै सुधार नआएपछि थाइल्याण्डको राजधानी बैंकक लाने भएको हो । केही दिनदेखि उनको स्वास्थ्यमा जण्डिसको लक्षणसहित ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो ।

यसअघि समेत उनको स्वास्थ्यमा समस्या देखिएपछि थाइल्याण्डको एक अस्पतालमा उपचार गरिएको थियो । उनको स्वास्थ्य अवस्थाबारे बुझ्न माओवादीको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार बिहान उनलाई भेट्न पुगेका थिए ।

प्रतिक्रिया