शनिबार, वैशाख ८, २०८१

नेपालमै कोरोनाको जिन सिक्वेन्सिङ परीक्षण सुरु

किन गरिन्छ जिन सिक्वेन्सिङ परीक्षण ?

मेरोन्यूज २०७८ असोज १२ गते ११:५१

काठमाडौँ । नेपालमा सरकारी स्तरबाट जिन सिक्वेन्सिङ परीक्षण सुरु भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लगाउन गरिने उक्त परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला सुरु भएको हो ।

कोरोना संक्रमण नेपालमा देखिएदेखि नै विश्व स्वस्थ्य संगठनको प्रयोगशाला युके नमुना संकलन गरेर जीन सिक्वेन्सिङका लागि पठाइने गरिएको थियो । प्रयोगशालाकी निर्देशक डा. रुना झाले प्रयोगशाला २६ र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय बायोटेक्नोलोजी विभागमा १६ नयाँ नुमना गरी कूल ४२ वटा नुमनाको जिन सिक्वेन्सिङ गरिएको जानकारी दिइन् ।

उनका अनुसार उक्त नमुनाको सिक्वेन्सिङ गर्दा डेल्टा भेरियन्ट देखिएको छ । नेपालमा अहिले तीव्र रुपमा डेल्टा भेरियन्ट फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत बताउँदै आएको छ । यो भेरियन्ट एक जनाबाट ५ जनामा सर्ने विभिन्न अध्ययनले देखाएको छ ।

जिन सिक्वेन्सिङ किन गरिन्छ ?

जिन सिक्वेन्सिङ भनेको भाइरसको जेनेटिक बनावटलाई पत्ता लगाउन गरिने परीक्षण विधि हो । । पीसीआर परीक्षणमा कोरोना भाइरसको जिन शरीरमा छ कि छैन जाँच गरिन्छ भने सिक्वेन्सिङमा जिनको बनावटको आधारमा अध्ययन गरिने डा. झा बताउँछिन् ।

भाइरसले जिनमा साना–साना परिवर्तन गरिरहन्छ । जसलाई म्युटेसन भनिन्छ । धेरै जसो खासै असर गर्दैन् । तर, कहिलेकाही म्युटेसनले भाइरसको चरित्रमा ठूलो बदलाव ल्याउँछ ।

जसको कारण भाइरस बढी संक्रामक हुन सक्ने, छिट्टै फैलिन सक्ने, औषधिले काम नगर्ने आदिसम्म गर्ने हुँदा
जिन सिक्वेन्सिङ गरिन्छ । यसले कोरोना भाइरसको म्युटेशन पत्ता लगाउने मद्दत पुग्ने डा. झाले जानकारी दिइन् ।

भाइरसको परिवर्तित स्वरुपलाई नयाँ भेरियन्ट भनिन्छ । त्यसलाई विश्व स्वास्थ्य संगठनले एउटा नाम दिन्छ । नयाँ भेरियन्टले विश्व जनस्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने सम्भावना भएमा त्यसलाई भेरियन्ट अफ कन्सर्नको संज्ञा दिएको छ ।

प्रतिक्रिया