शुक्रबार, वैशाख १४, २०८१

ईपीएलमा आज काठमाण्डौँ र पोखरा खेल्दै

मेरोन्यूज २०७८ असोज १२ गते ७:१६

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज काठमाण्डौँ किङ्ग्स इलाभेन र पोखरा राइनोज खेल्दैछन् । खेल त्रिवि मैदान कीर्तिपुरमा दिउँसो सवा १२ बजे सुरु हुनेछ ।

काठमाण्डौँको कप्तान सन्दीप लामिछाने छन् भने पोखराको कप्तानमा विनोद भण्डारी छन् । काठमाण्डौँले उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई हराएको थियो भने पोखराले पहिलो खेलमा भैरहवा ग्लाडीयटर्ससँग अंक बाँडेको थियो । पानी परेपछि पोखरा र भैरहवाबीचको खेल रद्द भएको थियो ।

प्रतिक्रिया