शनिबार, वैशाख १५, २०८१

आजको राशिफल : आश्विन १२ गते मंगलबार

मेरोन्यूज २०७८ असोज १२ गते ६:११

आज २०७८ साल आश्विन महिनाको १२ गते मंगलबार, आश्विन कृष्णपक्षको सप्तमी तिथि, उप्रान्त अष्टमी तिथि रहेको छ । आज अष्टमी व्रत रहेको छ भने महालक्ष्मी व्रत समाप्ति रहेको छ ।

मेष
पारीवारिक मिलन हुने छ । पेशागत जीवनमा भने द्वन्दात्मक अवस्था आउने छ । दृढ खाले ब्यक्तित्व हुनेछ तर रिस पनि उत्तिकै उठ्न जाने भएकाले यसबारेमा संयमित हुनु होला । प्रतिष्पर्धात्मक स्वाभाव हुने छ । आम्दानीमा पनि कमि आउन जाँदा यसले आर्थिक ब्यवस्थापनमा असन्तुलन ल्याउने छ ।

वृष
। भाग्य बलियो भएकाले परिस्थिति अनुकुल बन्दै जाने देखिन्छ । तर मनमा भने नकारात्मकता बृद्धि हुने छ । परिवारको साथबाट सुख, शान्तिको अनुभुति हुन जानेछ । परिवारका सदस्यहरुले तपाईप्रति विश्वास गर्ने छन् सकारात्मक दृष्टिकोण भन्दा नकारात्मक विचार बढि आउने भएकाले यसले उर्जामा ह्रास ल्याउने छ ।

मिथुन
भाग्यको साथ नरहेकाले मेहनत धेरै तर फल कम मात्र प्राप्त हुने छ । शत्रुतामा बृद्धि हुन जाने भएकाले हरदम यसबारेमा संयमित रहनु होला । पेशागत जीवनमा बादबिबादमा फस्न पुगिने छ । मेहनत र पराक्रमी शैलीमा कमि आउन जाने छ । रोजगारी गरिरहेकाहरुलाई समय औसत छ तर ब्यवसायमा रहेकाहरुलाई भने समय प्रतिकुल छ ।

कर्कट
रोजगारी तथा तथा व्यवसायमा समस्याहरु देखा पर्न थाल्ने छन् । साझेदारीमा गरिएका काममा पनि समस्याहरु देखा पर्ने छन् । सन्तान सुख प्राप्त हुने छैन् । मनमा निराशा भावले पिरोल्ने छ । जसले गर्दा मनमा उदासिनता बढाउने छ । समय प्रतिकुल रहेकाले गर्न खोजेको काममा निकै ढिला गरि मात्र नतिजा प्राप्त हुने भएकाले धैर्यता काम राख्नु होला ।

सिंह
संयमित भएर पाईला चाल्नु पर्ने समय रहेकाले धैर्य हुनु होला । भाग्यको साथ नभएकाले धेरै संघर्ष तर थोरै प्रतिफल आउने छ । मनमा दुविधा र अन्योलताले सताउने छ । अस्पतालजन्य खर्च गर्नै पर्ने अवस्था आउने छ । जीवनसाथिको सल्लाह लिएर कार्य अघि बढाएमा केही राहत मिल्ने छ ।

कन्या
बोलीको प्रभावकारितामा भने केही कमि आउने छ । पेशागत जीवनमा प्रगति हुने छ । ब्यक्तित्वको प्रभाव बढ्न जाँदा सबैको साथ र समर्थन मिल्ने छ । आम्दानीमा पनि हुने छ । जीवनसाथिको साथ लिएर काम गरेमा प्रगतिको मात्रा अझ बढ्ने छ । परिवारका सदस्यहरुले तपाईमाथि भरोसा गर्ने छन् ।

तुला
सतर्कतापूर्वक पाईला चाल्नु पर्ने समय रहेको छ । मनमा दुविधा र अत्याधिक बढि विचारहरु आएर अन्योलतामा पारि दिने छ । दाम्पत्य जीवनमा पनि कठिनाई र बिबाद चर्किने छ । साझेदारीमा गरिएका काममा पनि समस्याहरु बढ्न पुग्ने छन् । पेशागत जीवनमा शत्रुतापूर्ण वातावरण उत्पन्न हुन पुग्दा झैझगडाको अवस्था आउने छ ।

वृश्चिक
भाग्यको साथ रहेकाले आम्दानीमा पनि बृद्धि हुने छ । आफ्नो भूमिकाको अरुले कदर गर्ने छन् । पेशागत जीवनमा प्रगति हुने छ ।साझेदारीमा गरिएका कामहरुमा भने समस्याहरु दखा पर्ने छन् । आत्माबल उच्च हुने छ । योसँगै रिसाहा ब्यक्तित्व हुने भएकाले यसबारेमा ध्यान दिनु होला ।

धनु
पेशागत जीवनमा महत्वपूर्ण जिम्मेबारी संहाल्नु पर्ने समय छ । तर रिस भने अत्याधिक कडा खालको हुने भएकाले संयमित रहने प्रयास गर्नु होला । भाग्य बलियो रहेको छ । मनोबल उच्च हुने भएकाले दृढ ब्यक्तित्व हुने छ । जीवनसाथिको सल्लाह लिएर काम गरेमा फाईदा मिल्ने छ । उद्योग प्रतिष्ठान तथा कार्यालयमा श्रम समस्या गम्भीर बनेर देखा पर्ने छ ।

मकर
मनोकामना पुरा हुने छ । पेशागत जीवनमा पनि सकारात्मक अवस्था रहने छ । अरुले तपाईको बोली प्रति विश्वास गर्ने छन् । आम्दानीमा बृद्धि हुने छ । मान, सम्मान र कीर्ति प्राप्त हुने छ । भाग्यको बलियो साथ रहेकाले आँटेका कामहरुमा जोश र जाँगर पैदा हुने छ ।

कुम्भ
अध्ययन अध्यापनमा मन जाने छ । जीवनसाथिको साथसहित काम गरेमा प्रगति हुने छ । भित्रि बुद्धि सक्रिय हुने भएकाले बाहिरबाट हेर्दा चलाख ब्यक्तित्व बन्ने छ । पेशागत जीवनमा उन्नति प्रगति हुने छ । तर जति नेतृत्वदायी क्षमतामा आउने गिरावटले प्राप्त अवसरको सदुपयोग गर्न नसक्ने अवस्था आउने छ ।

मीन
पेशाप्रति समर्पित हुने र मेहनत गर्न मन लाग्ने छ । साझेदारीमा गरिएका काममा पनि प्रगति हुने छ । दाम्पत्य जीवनमा समझदारी कायम हुने छ । आम्दानी गर्नु पर्दछ भन्ने सोचमा आउने तिब्रताले आयका क्षेत्रमा सक्रियता बढाउने छ । आफ्ना सहकर्मी तथा माथिल्ला पदाधिकारीहरुसँग सन्तुलन कायम हुने छ ।

प्रतिक्रिया