शुक्रबार, वैशाख ७, २०८१

एमाले स्थायी कमिटि बैठक

सुदूरपश्चिम प्रदेश इन्चार्ज टुंग्याउने जिम्मा ओलीलाई

मेरोन्यूज २०७८ असोज ११ गते १७:१३

काठमाडौं । नेकपा एमालेले पार्टीको सुदूरपश्चिम इन्चार्ज टुग्याउने जिम्मा अध्यक्ष केपी ओलीलाइ दिएको छ । माधव नेपाल छोडेका मझधारका नेताहरुसँग भएको १० बुँदे सहमति अनुसार पार्टीलाई २०७५ जेठ २ मा फर्काउनु पर्ने र त्यसो गर्दा भीम रावल त्यहाँको इन्चार्ज हुनुपर्ने रावल पक्षले आवाज उठाउँदै आएको थियो ।

तर ओली पक्षले माओवादी छोडेर एमालेमै रहेका नेता लेखराज भट्टलाई त्यहाँको इन्चार्जको जिम्मेवारी तोकेको थियो ।

सोही विवादले एमालेमा १० वुँदे कार्यान्वयन नभएको भन्दै रावल लगायत नेताले पार्टी केन्द्रीय समिति बैठकमै कुरा राखेका थिए । त्यसपछि सोमबारलाइृ त्यस विषयमा कुरा गर्न स्थायी कमिटि बैठक बोलाईएको थियो । बैठकले विवाद अन्त्य गर्ने जिम्मा ओलीलाई नै दिएको स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले बताए ।

अव ओलीले कार्यदलका नेताहरुसँग परामर्श गरेर विवाद हल गर्नेछन् ।

प्रतिक्रिया