शनिबार, वैशाख ८, २०८१

देशभर थप १२ सय ८२ मा कोरोना संक्रमण, ७ जनाको मृत्यु

मेरोन्यूज २०७८ असोज ११ गते १६:४४

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार २ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ८१ जनाको पीसीआर परीक्षणमा ९७५ र ३ हजार ४०७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३०७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमवार काठमाडौं उपत्यकामात्रै ३९४संक्रमित थपिएका छन् ।

मन्त्रालयकाअनुसार काठमाडौंका २८५ , ललितपुरका ६६ र भक्तपुरमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमण पुष्टी भएका थप ७ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोना संक्रमणबाट११ हजार १०३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा एक हजार २६२ कोरोना संक्रमणमुक्त भएका छन् ।

देशभर अहिले १८ हजार ८४८ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया