शुक्रबार, वैशाख १४, २०८१

गुगलको २३ औँ वार्षिक उत्सव आज

मेरोन्यूज २०७८ असोज ११ गते १६:०७

काठमाडौँ । इन्टरनेटको प्रयोगमा निकै चर्चित गुगल सोमबार २३ वर्ष पुगेको छ । विश्वभर गुगललाई अधिकांश व्यक्ति तथा संस्थाले गुगलको जन्मदिनको शुभकामना दिइरहेका छन् ।

गुगलको सुरुवात १९९८ को सेप्टेम्बर ४ मा भएको थियो । यद्यपि, कम्पनीले भने सेप्टेम्बर २७ लाई नै आफ्नो जन्मदिनको रुपमा मनाउँदै आएको छ ।

सबै व्यक्ति तथा संस्थाले कुनै समाचार हेर्नु पर्यो, गीत खोज्नु पर्यो, मौसम जानकारी लिँदा, दिँदा, कुनै सामान खरिद बिक्रीलगायत अन्य खोजीका लागि गुगलको प्रयोग गर्छन् ।

गुगलले इन्टरनेटको प्रयोगमा ठूलो परिवर्तन ल्याएको अनलाइन तथा सञ्चार विज्ञ एंव काठमाडौँ विश्वविद्यालयका सहप्रध्यापक सुधांशु दाहाल बताउँछन् ।

सन् १९९७ मा स्ट्यानफोर्ड विश्वविद्यालयबाट स्नातक गरेका सर्गे ब्रिन र स्नातक गर्न लागेका ल्यारी पेजबीच भेट भएको थियो । त्यसैको एक वर्षमा अर्थात् सन् १९९८ मा यी दुई मिलेर गुगल सर्चको सुरुवात गरेका हुन् ।

हरेक दिन अर्बौं प्रयोगकर्ताहरू गुगलमा विभिन्न कुराको बारेमा खोजी गर्ने गर्छन् । एउटा सानो कोठाबाट सुरु भएको गुगलका आज विश्वभर २० वटा डेटा सेन्टर छन् ।

प्रतिक्रिया