शुक्रबार, वैशाख १४, २०८१

अफ्रिदीको नेपाल यात्रा

‘सन्दीप लामिछानेले नेपाललाई विश्वमा चिनाउन सक्छन्’

नेपाली क्रिकेटको विकास गर्न ग्रासरुटदेखि नै ध्यान दिनुपर्छ

मेरोन्यूज २०७८ असोज १० गते २०:३३

पाकिस्तानका पूर्व क्रिकेट कप्तान शाहीद अफ्रिदीले यतिबेला काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लीग (इपीएल) का लागि काठमाडौंमा छन् । इपिएलमा काठमाडौं किङ्स ११ बाट खेलिरहेका छन् ।

नेपालमा रहेका पाकिस्तानी चर्चित क्रिकेटर अफ्रिदीसँग न्यूज एजेन्सीले गरेको कुराकानीको सम्पादित अंश

नेपाल छोटो बसाई कस्तो भइरहेको छ ? अनुभव कस्तो छ ?

नेपाली यु–१९ क्रिकेट टोलीले पाकिस्तानी टोलीलाई हराएको सम्झिन्छु । यसको मतलब नेपाली खेलाडीमा प्रतिभा क्षमता छ ।

पछिल्लो खेल इपिएलमा मैले खेले, उक्त खेलमा मैले क्षमता भएका नेपाली खेलाडी देखेँ । सन्दीप लामिछाने लगायतको खेलाडीहरुको टोली क्षमतावान छ । उनीहरुले नेपाललाई विश्वमा कहिँ पनि चिनाउन सक्छन् ।

नेपाली क्रिकेट विकास गर्नका लागि (तल्लो तह) ग्राँसरुटदेखि नै ध्यान दिनुपर्छ । सरकारको संलग्नता निकै महत्वपूर्ण हुन्छ । सरकारको सहयोग मिलेको अवस्थामा क्रिकेट एकेडेमी सञ्चालन गर्न सम्भव हुन्छ, खेलाडीहरुलाई सुविधा मिल्छ । सबै भन्दा राम्रो पक्ष भनेको नेपाल सरकार क्रिकेटप्रति सकारात्मक छ ।



नेपालको फ्रेन्चाइज लिगसँग जोडिनु भयो, तपाईलाई कुन विषयले जोडिन प्रेरित ग¥यो ?

म एक व्यवसायिक खेलाडी भएको नाताले मैले क्रिकेटकोबारेमा कुरा गर्छु । कोही खेलाडी शान्ति, प्रेम र सद्भावको खोजीमा हुन्छ र खेल पनि त्यस्तै अवस्थामा होस् भन्ने अपेक्षा राख्छ । क्रिकेट नै एउटा त्यस्तो खेल हो, जसले भारत पाकिस्तानको सम्बन्ध राम्रो नहुँदा पनि भारत भ्रमण गरेर आफ्नो खेल र शान्तिको सन्देश दिएको थियो ।

पाकिस्तान आफ्ना मित्र राष्ट्र र छिमेकीहरुसँग सुमधुर सम्बन्ध राख्न चाहन्छ । हाम्रो क्षेत्र (दक्षिण एसिया) मा क्रिकेटलाई अलग्गै दृष्टिले हेरिन्छ । भारतमा त क्रिकेट धर्म जस्तै भइसकेको छ । क्रिकेटको माध्ययमबाट सम्बन्धहरुलाई प्रगाढ र घनिभूत बनाउन सकिन्छ भन्ने लाग्छ ।

क्रिकेटकै माध्ययमबाट नेपाल र पाकिस्तानको सम्बन्धलाई पनि अझ बलियो बनाउन सकिन्छ । यस भन्दाअघि म नेपाल आएको थिइन, नेपाल देखेको पनि थिइन् । मेरो खुट्टामा समस्या हुँदाहुँदै पनि मैले नेपाल भ्रमण गरेको छु । क्रिकेटको माध्ययमबाट नेपालमा रहेका क्रिकेट प्रेमीहरुसँग प्रेम र सद्भावको सन्देश पनि लिएर आएको हुँ ।

पाकिस्तान र नेपाल क्रिकेटसँग जोडिन सक्ने विषयहरु के के छन् ? कसरी जोडिन सक्छन् ?

दुई देशको राजनीति आफ्नो स्थानमा छ । क्रिकेटसँग क्रिकेट र क्रिकेट कुटनीति फरक छ । यो पनि एक प्रकारको राजनीति हो । यसबारेमा

मेरो बुझाइ अलि फरक छ । यही क्रिेकटबाट जोडिन म नेपाल आएको हुँ । म यहाँ रहँदा जति पनि मानिसहरुसँग भेट भयो मेरो लागि अविश्मरणीय रह्यो । नेपाल र पाकिस्तानलाई क्रिकेट कुटनीतिले जोड्न चाहन्छु ।

पाकिस्तान पुगेर मैले नेपाली टोलीलाई खेल्न आमन्त्रण गर्छु । यसलाई नेपालस्थित पाकिस्तान दूतावास र नेपाल सरकारले सहजीकरण गर्नेछन् ।

तपाईले परिवारसहित फेरि नेपाल भ्रमण गर्ने भन्नु भएको छ । त्यस्तो के विषयले मोहित बनायो ?

यो भ्रमणमा मैले पुरै नेपाल राम्रोसँग घुम्न पाउँदिन । छोटो भ्रमण छ । आज (आइतबार) माउन्टेन फ्लाइट गएँ ।

सगरमाथा देखेँ । सँगै अन्य हिमालहरु हेरेँ । मेरो रोमाञ्चक अनुभव रह्यो । त्यसैले म परिवारलाई साथै लिएर आउन चाहन्छु । मेरो साथ परिवार भयो भने तुरुन्त फर्किने हतारो हुनेछैन ।

सहर भन्दा बाहिर गएर नेपाल हेर्न चाहन्छु ।

प्रतिक्रिया