बुधबार, वैशाख १२, २०८१

एमाले केन्द्रीय कमिटि बैठक छोडेर किन हिँडे भीम रावल ?

मेरोन्यूज २०७८ असोज १० गते १५:१०

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटि बैठक छोडेर उपाध्यक्ष भीम रावल बाहिरिएका छन् । अध्यक्ष केपी ओलीले विधान महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ नदिदै उनी बैठक स्थल छोडेर हिँडेका हुन् ।

उनले पार्टी केन्द्रीय कमिटि बैठकको शुरुकै दिन शुक्रवार १० वुँदे सहमति कार्यान्वयन गर्नुपर्ने र पार्टीलाई जेठ २, २०७५ मा फर्काउनु पर्ने बताएका थिए । त्यसबेला उनलाई सुदुरपश्चिमकै भानुभक्त जोशी र झपट रावलले साथ दिएका थिए ।

माधव नेपाल छोडेर एमालेमै रहेका मझधारका नेताहरुले पार्टीमा ओलीले सहमति लत्याउन खोजेको आरोप लगाउँदै आईरहेका छन् ।

पार्टीलाई जेठ २ मा फर्काउन नसक्ने हो भने १० वुदे सहमति खारेजको घोषणा गर्न सक्नुहुन्छ भन्दै शुक्रवारको बैठकमा रावलले प्रश्न उठाएका थिए ।
उनी सुदुरपश्चिम प्रदेशका इन्चार्ज थिए । तर ओलीले माओवादी छोडेर आएका लेखराज भट्टलाई नै इन्चार्जको रुपमा प्रयोग गरिरहेपछि रावल असन्तुष्ट थिए । उनले पार्टी स्थायी समिति बैठकमा सहभागी भएपनि खास केही नबोली बसेका थिए । त्यसपछि बसेको केन्द्रीय समिति बैठकमा केही वेर बसेर वाहिरिएका हुन् ।

उनले अहिले म केही वताउँदिन बेला आएपछि बताउँछु, बोल्छु भन्दै बैठकस्थल छोडेर हिडेका थिए । त्यस्तै आजको बैठकमा अष्टलक्ष्मी शाक्य पनि सहभागी छैनन ।

प्रतिक्रिया