मंगलबार, चैत ६, २०८०

कांग्रेसको पालिकाको अधिवेशनले चुनावकै झल्को दियो(फोटोफिचर)

मेरोन्यूज २०७८ असोज ९ गते २१:२७

पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिवारबाट शुरु भएको स्थानीय तहको अधिवेशनले चुनावकै झझल्को दिएको छ ।

६४ जिल्लामा हुने भनिएको नगर तथा गाउँ अधिवेशन शनिबार ५४ जिल्लामा शुरु भएको निर्वाचन समितिले जनाएको छ ।

नगर तथा गाउँपालिकाको निर्वाचनले ठाउँ ठाउँमा निकै रमाइलो देखिएको छ भने राष्ट्रिय चुनावकै झल्को दिएको छ ।

पोखरा लेखनाथ महानगरपालिकाको अधिवेशनमा उम्मेदवारहरु भोट माग्न बसेको दृष्यहरु देखिन्थ्यो ।

नयाँबजारस्थित प्रदर्शनी केन्द्र छिर्ने सडकमा कांग्रेसका उम्मेदवार तथा कार्यकर्ताहरु हात हातमा पम्प्लेटर र ब्यानर बोकेर आ आफ्ना पक्षका उम्मेदवारका लागि दिनभरी नै भोट मागिरहेका थिए ।

पोखरा महानगर समितिमा उपसभापति पदमा ६ जनाको उम्मेदवारी परेको थियो भने सहसचिवमा ७ जनाको उम्मेवारी परेको थियो ।

शनिवार सम्पन्न भएका पालिकाहरुको नतिजा आउन थालेको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया