मंगलबार, चैत ६, २०८०

दिल्ली क्यापिटल्स आईपीएल टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा

मेरोन्यूज २०७८ असोज ९ गते २०:४८

काठमाडौं । दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार साँझ अबुधावीमा सम्पन्न खेलमा राजस्थान रोयल्सलाई ३३ रनले पराजित दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले ६ विकेटको क्षतिमा १ सय ५४ रन जोडेको थियो । दिल्लीका लागि श्रेयर एय्यरले ४३ रन जोडे । कप्तान रिशव पन्तले २४ रन, सिमरोन हेटमेयरले २८ रन र ललित यादवले नटआउट १४ रन जोडे ।

राजस्थानका मुस्ताफिजुर रहमान र चेतन सकारियाले २–२ विकेट लिएका थिए ।

१५५ रनको लक्ष्य पछ्याएको राजस्थानले ६ विकेटको क्षतिमा १ सय २१ रन मात्र जोड्न सक्यो ।

राजस्थानका लागि कप्तान सन्जु सामसनले ५३ बलमा ८ चौका र १ छक्काको मद्दतमा नटआउट ७० रन जोडे । शीर्ष स्थानमा उक्लिएको दिल्लीले १० खेलबाट १६ अंक जोडेको छ ।

प्रतिक्रिया