शनिबार, वैशाख ८, २०८१

एकीकृत समाजवादी छिट्टै सरकारमा जान्छः नेपाल

मेरोन्यूज २०७८ असोज ९ गते २०:१२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी छिट्टै सरकारमा जाने बताएका छन् ।

शनिवार मकवानपुर जिल्लाको सपथ ग्रहण तथा जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा(एकीकृत) छिट्टै सरकारमा सहभागी हुने बताए ।

उनले आफ्नो पार्टी देशलाई परिवर्तनको दिशामा हिडाउन, लोकतन्त्रलाई जोगाउन र देशको प्रतिष्ठा बचाउनमा क्रियाशिल हुने बताए ।

अध्यक्ष नेपालले गठबन्धनका विचमा सहकार्यको संस्कृति विकास गर्ने पनि बताए । उनले गठबन्धनसँग मिल्दै प्रदेशमा पनि संयुक्त सरकार चलाउने बताए ।

एकीकृत समाजवादीको संगठन स्थानीय तहसम्म मजबुद रहेको दाबी गर्दै नेता नेपालले आफुहरुले पार्टीलाई पहिलो बनाउन चाहेको पनि उल्लेख गरे ।

प्रतिक्रिया